१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘अचानोमा जीवन’ गजल सङ्ग्रहको विमोचन

युवा गजलकार विनोद विवशको ‘अचानोमा जीवन’ गजल सङ्ग्रहको बिहीबार विमोचन गरिएको छ। डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सङ्ग्रहको विमोचन गरिएको हो।  

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, साहित्यकार जिज्ञासु पन्त, कवि नेत्र काफ्ले, गजलकार देवी पन्थीलगायतले संयुक्त रुपमा सङ्ग्रहको विमोचन गरेका थिए। विमोचित कृतिका बारेमा समालोचक हरि कट्टेलले समीक्षा गरे। कृतिको समीक्षा गर्दै उनले सङ्ग्रहमा धेरै विषय र स्वादका गजलहरु समावेश भएकाले पठनीय रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका साहित्यकार सुवेदीसहित धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नेत्र काफ्ले, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, विराट आदर्श साहित्य मञ्चका संरक्षकसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित, नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा गजलकार मञ्जुश्री गिरी, प्रमोद ढकाल, मदन भण्डारी, हेमन्त निरौला, राधा सुवेदी, दीपा वाग्ले, विनोद रिजाललगायतले सङ्ग्रहभित्रका गजलहरु प्रस्तुत गरे।

डियर कल्याण प्रतिष्ठानले प्रकाशित गरेको कृतिमा विभिन्न विषयवस्तुमा आधारित २ सय ३ वटा गजल सङ्ग्रित छन्। विवशको यसअघि ‘छचल्किएको आँसु’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो।

प्रकाशित: १५ पुस २०७८ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App