८ जेष्ठ २०७९ आइतबार
कला

नेता

लघुकथा

विनोद नेपाल

बोलिरहनुपर्ने उनको बानी, यसो बोल्न पाएनन् कि मुख  चिलाइहाल्थ्यो। समय र सन्दर्भ समेत नहेरी उनी बोल्नमै खालि रुचि राख्थे।

त्यसदिन पनि एकाएक टेलिभिजनमा उनको अनुहार देख्न पाइने खबर चैतको डढेलोझैं फैलियो। अकस्मात् खबर आएकाले धेरैले दौडादौड गरेर पनि समय छोप्न पुगे। म आफैं पनि उसैगरी घर पुगें।

केटाकेटीहरू सिनेमा हेरिरहेका थिए। मैले हतारहतार रिमोट समाएँ र च्यानल परिवर्तन गरें। केटाकेटी आश्चर्यमा परे।

–किन, कहाँ र के भो र बा यस्तो हतारमा टेलिभिजन हेर्न आइपुग्नुभो?

उनीहरूले सम्भवतः कुनै भयंकर दुर्घटना वा केही विशेष खबर आउन लागेको अनुमान गरे।

मैले इसाराले हल्ला नगर्न भनें। सबै जना चुपचाप भए।

केहीबेरमै टेलिभिजनमा उनको अनुहार देखियो।

उनले बोल्न मात्रै के थालेका थिए केटाकेटी चिच्याउन थाले, ‘हैन फेरि यही मान्छेको भाषण? केही काम छैन कि क्या हो बा यो मान्छेको अरू? सधैं भाषण मात्रै गरिराख्छ।’

मैले भनें,‘नेता हो नेता। नेताको काम नै भाषण गर्ने त हो।’  

प्रकाशित: १४ पुस २०७८ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App