२२ असार २०८१ शनिबार
image/svg+xml
कला

‘उचाइ’ को शुटिङका लागि बलिउड कलाकार काठमाडौंमा

 फिल्म ‘उचाइ’को छायांकनका लागि अनुपम खेर लगायतका बलिउड कलाकारको टोली काठमाडौं आइपुगेको छ।  

उचाइको छायांकनका लागि अनुपम खेरसँगै परिणिती चोपडा, बोमन इरानी, सारिका हसनलगायतको टोली काठमाडौं आइपुगेको हो। कलाकार खेरले ट्विटरमार्फत काठमाडौं आइपुगेको जानकारी दिएका छन्। उनले नेपालमा छायांकन हुने यो चलचित्र उनको करियरको ५२०औं चलचित्र रहेको बताएका छन्।

फिल्म उचाइको टोली करिब ४० दिन नेपालमा रहने बताइएको छ। सुरुज वर्जत्यको निर्देशनमा निर्माण हुन लागेको उचाइमा अभिनेता अमिताभ बच्चन र डेनी डेनजोङपाको अभिनय रहने भए पनि उनीहरु भने आइपुगेका छैनन्।

प्रकाशित: १८ आश्विन २०७८ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App