६ कार्तिक २०७८ शनिबार
कला

पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई रू एक लाख पुरस्कार दिने घोषणा गरेको छ। नगरपालिकाले १५ दिनभित्र आफूले रचना गरेको पालिका गान पठाउन माग गरेको छ।

चालिसदेखि ७५ शब्दसम्म नेपाली भाषामा नगरपालिकाको पहिचान झल्किने गान नगरपालिकाको सम्पर्क ठेगानमा खामबन्द गरी पठाउन र कार्यालयको इमेलमासमेत पठाउन भनिएको छ। प्राप्त गानमध्ये उत्कृष्टलाई पुरस्कार दिइने नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए। नगरको विषय विज्ञ समितिले प्राप्त गानलाई छनौट गर्ने र आवश्यक परे परिमार्जन पनि गर्न सकिने नगरपालिकाले जनाएको छ।  

प्रकाशित: १० आश्विन २०७८ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App