७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

घर

लघुकथा

दुर्गा वनवासी  

ऊ सधैंजसो आफ्नो ठीक अघिल्तिरको घरलाई हेरिरहन्थ्यो। मक्किएका खम्बाहरू, भत्किएका भित्ता र टाटीहरू, चुहिने छानो अनि झ्यालढोकाविनाको त्यो उदाङ्गो घरले आफ्नो दारुण गरिबीको कथा आफैं कहिरहेझैं लाग्थ्यो उसलाई। त्यो घरलगायत वरपर कसैलाई ऊ चिन्दैनथ्यो किनकि ऊ त्यहाँ भर्खरै बस्न थालेको थियो तरै पनि विशेष आफ्नो अगाडिको त्यो थोत्रो घरलाई देख्दा उसको छातीमा गाँठो परेर आउँथ्यो। आँखाहरू सजल हुन्थे।  

– यस्तो घर पनि के घर ? यस्तो जिन्दगी पनि के जिन्दगी ? ऊ यस्तै केके सोचिरहन्थ्यो।

– ए बाबु, तिमी यहाँ पो रहेछौ। म तिमीलाई नै खोज्दै आएको। कुरा के भने नि बाबु, छोराले यो बरण्डाको कोठा सानो छ। यसको केही काम छैन। यसलाई भत्काएर पूरै बरण्डा निकाल्नु भनेर फोन गर्यो। माथिचाहिँ अर्को तला थप्नुपर्ने भो। अब बाबुले चाँडै यो कोठा खाली गरिदिनुपर्यो बाबु ! अन्त कतै सर्नुपर्यो, बरु म पनि सघाउँला नि कोठा खोज्न, है बाबु !”

सम्पत्तिको नाममा रहेको एउटै घर पनि खोलाले बगाएर घरविहीन बन्न पुगेको उसले केहीबेर घरभेटी बाको अनुहार हेरिरह्यो अनि फेरि एकपल्ट त्यो जीर्ण घरतिर दृष्टिपात गर्यो ।

प्रकाशित: ३ भाद्र २०७८ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App