छायादत्त न्यौपाने
नेपाली साहित्यमा विकसित कविता साइनो नवीन प्रयोग हो। यो पहिलो पङ्क्ति सात अक्षर, दोस्रो पङ्क्ति आठ अक्षर र तेस्रो पङ्क्ति नौ अक्षरका तीन शब्द गुच्छामा लेखिन्छ। यसमा आवश्यकता अनुसार लेख्यचिन्ह प्रयोग गरिन्। आधा अक्षर वर्ण लेखिन्छ तर गणना पूर्ण अक्षरको मात्र गरिन्छ। साइनो बालकहरूले पनि सहज रूपले लेख्न पढ्न सक्छन्।
१)
घुम्ने फिर्ने दाउ छ
खेल्ने खाने उमेर छ
अँ, खुसी हुने रहर छ।
२)
सुन्दर गाउँ हाम्रो
स्वच्छ सफा हावापानी
गरिखाने गाउँले बानी।
३)
फुल्ने मेरो रहर
फुल्छु नि है ढकमक
फूलमै मिठो बासन छ।
४)
सञ्जालमा जुट्दै छौँ
साथीभाइ नि भेट्दै छौँ
पढी –लेखी कुरा गर्दै छौँ।
५)
रमाइलो आँगन
भुर्र उड्छ वनचरी
फूलै फुलेको घरबारी।
प्रकाशित: ९ श्रावण २०७८ ००:५४ शनिबार