१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

मेरो देश

बालकविता

गङ्गा कर्माचार्य पौडेल

 

मेरो देश नेपाल

तराई,पहाड, हिमाल,

कुहू–कुहू कोइली  

मिठो गीत गाउने,

शिरमा कल्की ढल्काउँदै

डाँफे चरी नाच्ने

उफ्री–उफ्री हरिणका

पाठापाठी खेल्दछन्,

को आफ्नो को पराई,

मिलेर बस्दछन्  

हरियो वन जोगाऔं,

देश सुन्दर बनाऔं

संसारभरिका पर्यटक बोलाऔ।

प्रकाशित: ४ श्रावण २०७८ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App