२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भानु जयन्तिमा समावेशी कवि गोष्ठी

आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तिका अवसरमा विराटनगरमा समावेशी कवि गोष्ठीको आयोजना गरिएको छ। भानु कला केन्द्र विराटनगरले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा स्रष्टाहरूले विभिन्न भाषाका कविता वाचन गरे।

कार्यक्रममा नेपाली, नेपालभाषा, मगर, तामाङ, मैथिली, हिन्दीलगायतका भाषामा स्रष्टाहरूले सृजना वाचन गरेका थिए। भारत गुरागाई, ममता मृदुल, कविता केसरी, राधिका गुरागाई, सरिता श्रेष्ठ, बसुन्धरा झालगायतका कवि तथा स्रष्टाहरुले विभिन्न भाषामा लेखेका कविता वाचन गरेका थिए।

कार्यक्रममा गजलकार मधु पोखरेल, पत्रकार रामरिझन यादव, देवी पन्थी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेललगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यको विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए। 

प्रकाशित: २९ असार २०७८ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App