५ माघ २०८१ शनिबार
image/svg+xml
कला

साइत

लघुकथा

 विनोद नेपाल  

 

उनी निकै हतारिएका थिए।

‘किन यसरी हतारिनुभा’को हजुर’– पत्नीले सोधिन् ।

‘ढिलो हुन लागिसक्यो क्या, अलि छिटो गर’– उनले भने।

‘के ढिलो हुनु नि, आनन्दले काम सकेर पूजा गरे भैहाल्यो नि, कतै जानु छैन, केही गर्नु छैन’– पत्नीले भनिन्।

‘साइत  टल्छ क्या , साइत छोप्नु परेन ?’

सुनेर पत्नी आश्चर्यचकित भइन्।

भनिन् , ‘हैन, हजुर त धर्म नमान्ने, कर्मको पूजा गर्नुपर्छ भन्ने,  मन्दिर भत्काउने, मूर्ति तोडफोड गर्ने, पुजारीको जनै टुप्पी काटिदिने, उस्तै परे ज्यानै लिइदिन अघि सर्ने मान्छे, कसरी यो साइतको कुरा गर्न भ्याउनुभो मलाई त आश्चर्य पो लागिराख्याछ ।’

‘समयको कुरा रहेछ हेर सबै। आखिर भनाइ र गराइ कहाँ पो मिलेको छ र ?’ भनेजस्तै भैदिएको भए यस्तै हुन्थ्यो र ? के सोचियो, के भयो देखेकै त छौ।’

प्रकाशित: १५ असार २०७८ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App