१३ असार २०७९ सोमबार
कला

दृढ संकल्प

कथा

ओहो ! कस्तो अचम्मको समय आयो, मान्छेबाट मान्छे डराउनुपर्ने। आफन्तबाट आफन्तै डराउनुपर्ने। वर्ष दिनभन्दा बढी भइसक्यो, हे ईश्वर सबैको रक्षा गर। टिभी, रेडियो, सोसल मिडिया खोल्यो कि श्रद्धाञ्जली कि त समवेदना मात्र। मानौँ, यसबाहेक दुनियाँमा केही भएकै छैन, यतिखेर। ‘आज यति मरे, संक्रमितको संख्या यति पुग्यो, अस्पतालमा समेत अक्सिजन छैन, औषधि कतै पाइन्न, अस्पतालमा खाली ठाउँ नै छैन,’ समाचारमा यिनै विषयवस्तुको साम्राज्य कायमै छ। थाहा छैन, यो साम्राज्य कहिलेसम्म जारी रहने हो।

हाम्रो विवाह भएको जम्मा ६ महिना भयो। त्यो पनि एउटा कागजमा लेखेर अनि मात्र टीका, माला र औँठी साटासाट गरेर। जन्ती भनौँ वा साक्षी, मात्र चारजना– आकाश र मेरा आमाबुवा। अमेरिकामा काम गर्ने डक्टर थियो आकाश। उसलाई आफ्नो काममा चाँडै फर्कनुपर्ने बाध्यता थियो। त्यही बाध्यता हो, जसले हामीलाई जिन्दगीमा एकपटक गरिने बिहे उत्सवका लागि पनि उपयुक्त समय पर्खने सुविधा दिएन।  

विवाह त भयो, तर कोभिड कहरका कारण कतै पनि आवतजावतको स्थिति भएन। हामी नक्सालमा आकाशको आमाबाबाले बनाइदिएको घरमा बस्न थाल्यौँ। कुनै पनि कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन्। कोभिडका कारण जारी बन्दाबन्दीले बाहिरफेर हिँड्डुल गर्न नपाए पनि हामीले एकअर्कासँग नजिक हुने अवसरका रूपमा प्रयोग गर्‍यौँ, यो अवधिलाई। एकअर्कालाई राम्रोसँग बुझ्न सघायो यो अवस्थाले। घरमै बस्ने, समाचार हेर्ने/पढ्ने र केही समय अनलाइन मिटिङ एटेन्ड गर्दै समय बितिरहेको थियो।  

पर्दा तँलाई ज्यानै दिन्छु भन्ने साथीभाइ मात्र होइन, दुःख पर्दा आफूले ठूलै गुन लगाएका इष्टमित्रलाई समेत फोन गरेँ र आकाशलाई अस्पताल लैजान सहयोग मागेँ। अस्पताल लैजान मात्र कुनै समस्या थिएन। अस्पतालहरूमा ठाउँ छैन भनेर भर्ना नलिने, अक्सिजन र औषधि समेत आफैँ खोजेर ल्याऊ भन्ने अवस्थाले अरूको सहयोग अपरिहार्य थियो। तर जतिलाई आफ्नो सम्झेर अनुरोध गरेकी थिएँ, सबैले कुनै न कुनै बहाना बनाए, मात्र तर्कनका लागि। अहँ, कोही तयार भएन आउन।

आकाश प्रायः ढिलै सुत्थ्यो। यहाँ र अमेरिकाको समय फरक भएकाले होला भनेर उसको सुताइ र उठाइप्रति म खासै मतलव गर्दिनथेँ। एक दिनको कुरा– दुईचोटि कफी लग्दा पनि आकाशले पिएको थिएन। घडीले बिहानको १० बजाइसकेको ख्याल पाएपछि भने मनमा अलिक चिसो पस्यो। आकाश, आकाश उठ न, किन नउठेको ? भन्दै गर्दा अनायासै मेरो हात उसको निधारमा पुगेछ। कस्तो तातो ? ज्वरो हनहनी आएको थियो। म आत्तिन थालेँ– कतै कोरोना भाइरसले त आक्रमण गरेन ? एकातर्फ कोभिसिल्डको पहिलो डोज लगाइसकेकाले आकाशलाई कोरोना होइन होला भनेर भित्रभित्र चित्त बुझाउँथे। अर्कोतर्फ पहिलो डोज लगाएको दुई महिना बितिसक्दा पनि दोस्रो डोज नलगाएका कारण कोरोनाकै आक्रमण त होइन भनेर आत्तिन पनि थालेँ।  

म आत्तिरहे पनि आकाशचाहिँ सामान्य मुद्रा प्रदर्शन गरिरहेको थियो। ऊ भन्दै थियो– वर्षा तिमीले हिजो मीठो आइसक्रिम बनाएकी थियौ। त्यही भएर धेरै खाइदिएँ। त्यसैले गर्दा टन्सिलाइटिस भएको होला। आज दिनभर तातोपानी र सिटामोल खान्छु, ठीक भइहाल्छ।

मनमा भित्र–भित्र डरले सताए पनि उसको कुराले मनमा कतैकतै सान्त्वना पनि प्रदान गर्‍यो। उसको कुरा पत्याउन यस कारण पनि सहज भयो कि आखिर ऊ डक्टर न हो, अरू सामान्य मानिसलाई भन्दा त उसैलाई थाहा हुन्छ नि, रोग र उपचारका कुरा भन्ने लाग्यो।  

जति बुझाउन खोजे पनि चित्तले के मान्थ्यो र ? आकाशको ‘घाँटी पनि दुःखेको छ’ भनेको वाक्यले बेलाबेला झसंग पाथ्र्यो। सुनेकी थिएँ– यो पनि कोरोनाको एउटा लक्षण हो। अन्तर्आत्माले भन्यो– अवस्था सहज छैन, तत्काल केही गरिहाल।  

हत्त न पत्त आकाशको मामुलाई फोन गरेँ– मामु आकाशलाई हाई फिभर र घाँटी पनि दुःखेको छ। अस्पताल लानुपर्ने अवस्था छ। हजुरहरू आइसिन्छ कि प्लिज मम्मा...।

‘वर्षा हामी बाहिर निस्केका छैनौँ अनि ड्राइभरलाई पनि बिदा दिएका छौँ। त्यसैले हामी आउन मिल्दैन बा। बरु माइतीबाट कोही बोलाउ न,’ मैले थप केही भन्न नपाउँदै फोन राखेको आवाज मात्र सुनियो, ढ्याक्क।  

आकाश सुतिरहेको थियो, इन्तु न चिन्तुसाथ। निधार छामेँ, ज्वरो उस्तै थियो। उसको अनुहार भने शान्त देखिन्थ्यो। सोचेँ– डक्टर भएर होला, सायद।  

माइतीमा आमालाई फोन गरेँ। आकाशलाई अस्पताल लैजान सहयोगको याचना गरेँ। आमाको पनि उस्तै जवाफ– छोरी ! भाइ पनि सञ्चो नभएर सुतेको छ। हामी बूढाबूढी कसरी आउँ ? केही वैकल्पिक उपाय अपनाऊ।

मलाई भने एकातिर आकाशको चिन्ता थियो नै, अर्कोतिर आफैँलाई पनि केही हुने हो कि भन्ने त्रासले पनि सताउन थाल्यो। ‘उप्रीमाथि थुप्री’ भनेझैँ पीरमाथि अर्को पीर थपियो– आकाशलाई अस्पताल लैजान सहयोगी समेत पाइनँ मैले।

पर्दा तँलाई ज्यानै दिन्छु भन्ने साथीभाइ मात्र होइन, दुःख पर्दा आफूले ठूलै गुन लगाएका इष्टमित्रलाई समेत फोन गरेँ र आकाशलाई अस्पताल लैजान सहयोग मागेँ। अस्पताल लैजान मात्र कुनै समस्या थिएन। अस्पतालहरूमा ठाउँ छैन भनेर भर्ना नै नलिने, अक्सिजन र औषधि समेत आफैँ खोजेर ल्याऊ भन्ने अवस्थाले अरूको सहयोग अपरिहार्य थियो। तर जतिलाई आफ्नो सम्झेर अनुरोध गरेकी थिएँ, सबैले कुनै न कुनै बहाना बनाए, मात्र तर्कनका लागि। अहँ, कोही तयार भएन आउन।

आकाशलाई राखेकै बेडमा निश्चललाई राखिएको रहेछ। दौडेर त्यहाँ पुगेँ। अनि उसकै अगाडि दृढ संकल्प गरेँ कि आजैबाट म कोरोना भाइरसबाट पीडित असहाय बिरामीको सेवामा तल्लीन हुनेछु। उनीहरूलाई निको पार्न हरदम प्रयास गर्नेछु– कसैको साथी, कसैको बहिनी, कसैको दिदी, कसैको भाउजू र कसैको आमा अनि कसैको छोरी बनेर। जसको सुरुवात निश्चलको सेवाबाट गर्नेछु।

विकल्पै केही नभएपछि आफैँ गाडी चलाएर आकाशलाई अस्पताल लगेँ। ह्याम्सदेखि ग्रान्डीसम्म, दीर्घायुदेखि नर्भिकसम्म कहाँ मात्र लगिन। राजधानीका नाम चलेका सबै अस्पताल चहारेँ। तर कसैले मेरो अनुनय/विनय सुनेनन्। सकिन्न, छैन, हुन्न, सम्भव छैन, अन्तै ट्राइ गर्नोस् जस्ता शब्द मात्र फर्काए प्रत्युत्तरमा।  

अन्त्यमा मेडिसिटीले आकाशलाई उपचार गर्न सहमति जनायो। अचेल अस्पताल लगेपछि के शंका हुन्छ ? आखिर आकाशलाई पनि त्यही देखियो, जुन नहोस् भनेर मैले लाखौँपटक भगवान्सँग अनुरोध गरेकी थिएँ। अर्थात् उसमा कोरोना पजेटिभ देखियो, पिसिआर जाँचबाट। आखिर जे परे पनि सहनुको विकल्प थिएन। मन दरिलो बनाएर सहेँ।  

उसलाई अस्पतालमै राखियो। कुरुवालाई कोरोना वार्डमा जान निषेध थियो। बाहिर लाइनमा बस्ने, पे्रस्क्रिप्सन लिएर यताउति दौडने गर्नुपथ्र्याे। साथ–सहयोग गर्ने कोही थिएन। जसले गर्दा मेरो बेहाल भइसकेको थियो। न खानको ठेगान, न सुत्नकै। नुवाइधुवाइ, सरसफाइ, आफ्नो स्वास्थ्योपचार र लेखाइपढाइ त निकै टाढाका कुरा भइसकेका थिए। एक प्रकारले निकै निराश थिएँ।  

यसबीचमा पनि चिनजानका र आफन्तसँग सहयोग माग्न प्रयास नगरेकी होइन। छिमेकीहरू मलाई देख्यो कि ढोका लगाउँथे, सहयोग माग्छे भनेर। आफन्त भनाउँदाहरू मेरो फोनै काट्थे, पक्कै यसले केही सहयोग खोजी भन्ने अनुमान गरेर। अझ कतिपय त मेरो नम्बर देख्दा साथ उठाउँदैनथे पनि।  

म खुसी/सुखी हुँदा आफन्तको कमी थिएन। तिमी त आँखामा राखे पनि बिझाउन्नौ भन्ने दर्जनौँ होइन, सयौँमा थिए। मेरा लागि गर्धन नै दिन तयार पनि उत्तिकै थिए। उफ्, आज ती वचनबद्धता कहाँ गए ? किन ती मानिस मेराअघि मुख समेत देखाउन मानिरहेका छैनन् ? किन उनीहरू मेरो फोनसँग समेत तर्सने गर्छन् ? किन उनीहरू मेरो नाम समेत सुन्न डराउँछन् ? यस्ता थुप्रै प्रश्न हुँडलिइरहेका छन् मेरो शरीरभर, नसा–नसाभर। अंग÷प्रत्यंग्यभर एकपछि अर्को गर्दै।  

आकाशको अवस्था झन्झन् बिग्रिरहेको थियो। डक्टरको पे्रस्क्रिप्सन लिएर कहिले कुन औषधि खोज्न जानुपर्ने, कहिले डक्टरलाई मेरो श्रीमान्लाई जसरी पनि निको पारिदेऊ भन्दै बिन्ती गर्ने त कहिले अन्य समस्या सामना गर्दै अघि बढ्नु मेरो दिनचर्या बनिरहेको थियो। यसो गर्दागर्दा कोरोनाको औषधि पनि कण्ठै भइसकेको थियो।  

डक्टरले ५/६ वटा औषधि किन्न लेखेर दिएका थिए। तीमध्येको मुख्य औषधि ‘रेमडी सिभिर’ भने अस्पताल वरिपरिका सबै पसल त के, पूरै काठमाडौं चक्कर लगाउँदा पनि पाइएन। जसले मनलाई थप अत्याएको थियो।  

अस्पताल बिरामी नै बिरामीले भरिएका थियो। कोही आफन्त गुमाउनुपर्दाको पीडाले रुवाबासी गरिरहेका थिए। कोही अघिसम्म मेरो बिरामी ठीक थियो, अहिले कसरी बित्यो भनेर प्रश्न गरिरहेका थिए लगातार। कोही सेतो लुगा लगाएको मान्छे देख्यो कि आफ्नो बिरामीलाई जसरी पनि बचाइदिन अनुरोध गरिरहेका थिए। लाग्थ्यो– म चिहानघारीको यात्रामा छु।  

मेरो छेउमा एक युवक थिए। हातमा रहेको प्रेस्क्रिप्सन देखाएँ। अनि ‘रेमडी सिभिर’मा हातको औँलो पुर्‍याएर सोधेँ– यो कहाँ पाइन्छ होला, थाहा छ तपाईंलाई ? मेरो श्रीमान् आइसियुमा हुनुहुन्छ। यो औषधि नभई भएन। प्लिज केही सहयोग गर्न सक्नुहुन्छ ?

मेरो हाउभाउ, निराशपना र आत्तिएको अवस्था देखेर होला, उसले एकछिनसम्म मलाई नियालिरह्यो। अनि भन्यो– ‘मैले पनि आइसियुमै रहेकी मेरी श्रीमतीका लागि यही औषधि खोजिरहेको छु। कतै पाएको छैन। आज एक जनाले म प्रयास गर्छु भनेर बोलाएको छ। उसले दियो भने अवश्य तपाईंलाई पनि बाँड्नेछु।’ यसो भनिरहँदा उसको आँखामा पनि डिलसम्मै आँसु टिल्पिलाइरहेको प्रस्टै देख्न सकिन्थ्यो। लाग्थ्यो, उसको पीडा पनि मेरोभन्दा कम थिएन।

‘तपाईंलाई धेरै धेरै धन्यवाद। म एकदमै कृतज्ञ हुन्छु। बिन्ती यो औषधि ल्याइदिनुस्,’ मैले यति भनिनसक्दै उसले मेरो हातको कागज लिएर गयो। अनि भन्यो पनि– मेरो बिरामी बेड नम्बर ४ मा छ। कसैले खोज्यो भने म औषधि किन्न गएको छ भनिदिनुस् है त।  

ऊ गएको दुई घन्टा बितिसकेको थियो। तर पनि फर्किएको थिएन। सोचेँ– औषधि नपाएर खोज्दै होला। त्यसबीचमा मैले सबै देवीदेवता भाकिसकेकी थिएँ कि औषधि पाइयोस्। प्रतीक्षा गह्रुङ्गो हुँदै गइरहेको थियो। अस्पतालबाट हिँडेको करिब चार घन्टापछि ऊ फक्र्यो। जति वर आयो, उति उति उसको अनुहार पढ्न खोजेँ। मेरो पढाइले उसको अनुहारमा चमक देखायो। जसले केही आशा जगायो।

धेरै ठाउँमा धाएँ, बल्लबल्ल पाएँ। ल यो औषधि लिनुस्, दुवैजना बाँडौँ– यसो भनिरहँदा मेरोसँगै उसको मुहारमा पनि खुसी छाएको थियो, मात्रा थोरै किन नहोस्। म एकदमै खुसी भएँ अनि मनैदेखि धेरै धेरै धन्यवाद दिएँ उसलाई।  

पैसा कति पर्‍यो होला ?– स्वरको आकार सकेसम्म घटाउँदै सोधेँ।  

‘अहिले पैसाको कुरा गर्ने बेला होइन मेडम। पहिले औषधि लगेर सिस्टरलाई दिइहाल्नुस्’– कस्तो हृदयस्पर्शी जवाफ। मसँग थप अनुरोध गर्ने आँट नै भएन।  

हामी दुवैको बिरामी आइसियुमा। दुवैका पीडा उस्तै। त्यसैले हामी दुवै एकअर्कालाई ढाडस दिन्थ्यौँ। कहिले मलाई गाह्रो हुँदा ऊ सम्हाल्थ्यो। उसको होस सीमाबाहिर जान लाग्दा मैले।  

हाम्रो ध्यान बिरामीप्रति यति केन्द्रित थियो कि एकअर्काको नाम समेत सोध्न बिर्सेका थियौँ। त्यही रिक्तता पूरा गर्ने उद्देश्यले होला सायद, एक दिन त्यहीँ कफी पिउँदै गर्दा उसले नै प्रसङ्ग निकाल्यो– बाई द वे, मेरो नाम निश्चल, तपाईंको ?  

वर्षा– उसको अनुहार नियाल्दै जवाफ दिएकी थिएँ।

त्यो युवकले आकाशलाई मात्र होइन, मेरो समेत ख्याल गरिरहेको थियो। मानौँ, म र आकाश अनि ऊ र उसकी श्रीमती एउटै परिवारका हौँ। सबै आफन्तले छिःछिः, दूरदूर गरिरहेका बेला एउटा युवकले देखाएको सहयोगी भावले म निकै प्रभावित भइरहेकी थिएँ। जसले आफैँलाई सम्हाल्न ठूलो सहयोग पुर्‍याइरहेको थियो।  

‘अब निको हुन्छ,’ हामी एकअर्कालाई यसै गरी सान्त्वना दिइरहन्थ्यौँ। हामी दुवैलाई आशा जगाउने सबैभन्दा मुख्य वाक्य पनि थियो यो। बिरामीद्वयको स्थिति भने हामीले अपेक्षा गरेभन्दा विपरीत हुँदै गयो। हुँदाहुँदा दुवै बिरामीलाई अक्सिजन कम हुँदै गएकाले भेन्टिलेटरमा राख्नुपर्ने सूचना आयो। मैले आफूलाई सम्हाल्न सकिनँ। आँसु झरिरहे निरन्तर। त्यत्तिकैमा निश्चललाई अँगालो हालेर रुन थालेँ, बेस्सरी।  

वर्षा, आफूलाई सम्हाल। हामी दुवैका बिरामीलाई भेन्टिलेटरमा राखिसक्यो। अक्सिजन पनि जोडिसक्यो। नआत्तिउ वर्षा, बिन्ती छ। त्यसमाथि मैले व्यवस्थापनसँग पनि कुरा गरिसकेको छु। इन्डियाबाट राम्रो डाक्टर आएको छ रे, उसले हाम्रो बिरामीलाई भोलि आएर हेर्छ रे। त्यसपछि त पक्कै सुधार भइहाल्छ।

निश्चलको कुरा सुनेपछि आफैँलाई केही सान्त्वना दिने प्रयास गरेँ। हामी दुवैको एउटै कथा एउटै व्यथा भयो। मैले के धर्म गरेको रहेछु कि संसारले छाडेका बेलामा पनि तिमीजस्तो साथी पाएँ। निश्चल, म दौडँदा÷दौडँदै थाकिसकेँ। मेरो आकाशलाई पनि हेरविचार गर्देऊ प्लिज...।  

नआत्तिउ वर्षा, तिमी आफूलाई सम्हाल। म छु नि, सबैथोक गर्छु। तिमी आफ्नो विचार पुर्‍याऊ।  

म थकित थिएँ। आज घर जान पनि मन लागेन। केहीबेरमा त्यहीँ निदाएछु, निश्चलकै काँधमा टाउको राखेर।  

बिहानको ७ बजेको थियो। सिस्टरले आकाशलाई ठीक नभएको सङ्केत गरिन्। अनि केहीछिन अडिएर मुख मलिनो पार्दै सुनाइन्– जति प्रयास गरे पनि डक्टरको केही लागेन।  

म त्यहीँ लडेछु। अस्पतालको प्रक्रिया मिलाइवरी उसको अन्तिम संस्कार पनि निश्चलले नै गर्‍यो। जिउँदै छँदा त कोही नआउने समाजमा कोरोनाले मरेको मानिस भनेपछि झनै को आउँथ्यो र ? त्यसैले मैले पनि कसैलाई खबर गर्न आवश्यक ठानिनँ।  

अन्तिममा मलाई घर पुर्‍याइदिएर निश्चल लाग्यो, उही अस्पतालतर्फ, जहाँ उनकी श्रीमती पनि मृत्युसँग सङ्घर्ष गरिरहेकी थिइन्।  

घरमा सबै सामान जस्ताको तस्तै थियो। लाग्थ्यो– आकाश यतैबाट आउँछ, उतैबाट आउँछ। उसको र मेरो हँसिला तस्बिरहरू भित्ताभरिबाट मलाई नै हेरिरहेका थिए। ऊ थोरै दिनका लागि मेरो साथी थियो। आज सबै त्यागेर गयो। छ त उसको याद मात्र। मेरो मुटु भारी भएर आयो। उसको यादमा आँखाबाट आँसु बगिरहे, निकैबेरसम्म।

आज आकाश बितेको पनि १३औँ दिन। बिस्तारै आफूलाई सम्हाल्ने प्रयास गरेँ। अनि घरको काम सिध्याएर कफी पिउँदै पत्रिका पढ्न थालेँ। जताजतै समवेदना र श्रद्धाञ्जली थिए। त्यत्तिकैमा एउटा तस्बिरमा पुगेर आँखा रोकियो। निकैबेर नियालेँ। जो निश्चलकी श्रीमती रहिछिन्। ओहो ! निश्चलको हालत कस्तो भयो होला ? निकै भावविह्वल भएँ।  

मोबाइल खोलेँ, उसको नम्बर छ कि भनेर, रहेनछ। अनायासै उत्पन्न भएका छटपटाहट र वेदना रोक्नै सकिएन। त्यसपछि अस्पताल पुगेँ, त्यो पनि दौडिएर। रिसेप्सनमा कोही छ कि चिनेको भनेर नियालेँ। कोही देखिन। अनि दौडिएर पुगेँ कोरोना वार्डको ल्याबमा। मलाई चिन्ने नर्ससँग भेट भयो। देख्नेबित्तिकै मलिनो अनुहार लगाएर भनिन्– निकै दुःख लागेको छ बहिनी, के गर्ने आकाशलाई बचाउन सकिएन...।

अनि सिस्टर एकजना निश्चल भन्ने हुनुहुन्थ्यो नि, उहाँको सम्पर्क नम्बर होला तपाईंसँग ?  

निश्चल ? उहाँको वाइफ पनि बित्नुभयो। अनि निश्चल पनि आइसियुमै हुनुहुन्छ।  

बिचरा, निश्चल पनि आइसियुमा ? सुन्दासाथ ममाथि पुनः अर्को वज्र प्रहार भयो। जसले मलाई यति धेरै सहयोग गरेको थियो ऊ आफैँ ! त्यस्तो सहयोगी भावनाको निश्चलको समेत कोही नभएर अस्पतालले नै श्रीमतीको अन्तिम संस्कार गरिदिनुपरेछ। धिक्कार छ, यो समाजलाई, अनि धिक्कार छ, आफन्त हौँ भन्नेलाई।  

सिस्टर निश्चल कति नम्बर बेडमा छ ?

तपाईंकै श्रीमान् राखेको बेडमा।  

दौडेर त्यहाँ पुगेँ। अनि उसकै अगाडि दृढ संकल्प गरेँ कि आजैबाट म कोरोना भाइरसबाट पीडित असहाय बिरामीको सेवामा तल्लीन हुनेछु। उनीहरूलाई निको पार्न हरदम प्रयास गर्नेछु– कसैको साथी, कसैको बहिनी, कसैको दिदी, कसैको भाउजू र कसैको आमा अनि कसैको छोरी बनेर। जसको सुरुवात निश्चलको सेवाबाट गर्नेछु।

प्रकाशित: २९ जेष्ठ २०७८ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App