१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सुगाको माया

हार्दिक न्यौपाने

 कक्षा – २,

 अक्षरा स्कुल, काडाघारी काठमाडौं ।  

 

सुगाले मान्छेलाई मनोरन्जन दिन्छ । सुगाले मान्छेलाई एकदमै माया गर्छ । कसरी भन्दाखेरि सुगाले मनोरन्जन बनाइदिन्छ । यही मनोरन्जनले गर्दा सुगाको माया सावित हुन्छ । सुगाले हामीलाई माया गर्छ भन्ने त्यतिबेला सावित हुन्छ, जतिबेला सुगा हाम्रो हातमा आउँछ। त्यतिबेला मान्छेलाई माया गर्छ भन्ने थाहा हुन्छ । माया नभए आउँथ्यो त ? भाग्थ्यो होला नि।

मैले पनि एउटा सुगा पालेको थिएँ । त्यो ममीको हात, काँध र टाउकोमा बस्थ्यो । र मेरोमा पनि बस्थ्यो । त्यो सुगाको नाम मैंले मिठु राखेको थिएँ । मैंले त्यो सुगालाई र सुगाले मलाई खुब माया गथ्र्याे । किनभन्दाखेरि त्यसका लागि हामीले केके गरेका थियौं । खानेकुरा दिएका थियो थरीथरीका । मैले केके खुवाउनुपर्छ भनेर इन्टरनेटमा समेत सर्च गरेको थिएँ । मैले मेरो मात्र भनेको कुरा होइन । विश्वका हरेक मान्छेले सुगालाई माया गरेको हुन्छ । किनभने त्यसले हात काँधमा बोकेको हुन्छ।  

एकपटक ममीले टिकटक बनाउनुभयो सुगासँग । आमाले सुगालाई चुप्प गर्नुभएको थियो । सुगाले पनि माया गरेको जस्तो गरी चुच्चाले चुप्प गरयो । यसबाट थाहा हुन्छ कि सुगाले माया गरयो।

दुनियाँको सबै मान्छेलाई सुगा मन पर्छ । तर, सबैको भाग्यमा सुगा हुँदैन । किनभने कोहीसँग  सुगा किन्ने पैसा हुँदैन । कोहीलाई कहाँ पाइन्छ भन्ने थाहा हुँदैन । कोही मान्छेको घरमा सबैले मन नपराउन सक्छन् ।  

साँच्चि हो, सुगाले हामीलाई धेरै माया गर्छ । हामीले पनि हाम्रो सुगालाई धेरै माया गरेका छौं। जब हामीसँग खेल्छ, उफ्रिन्छ, हातमा आउँछ अनि हामीसँग रमाउँछ। यसबाट यो सावित हुन्छ कि सुगाले हामीलाई माया गर्यो।

मेरो सुगा पनि मेरो हातमा आउँथ्यो । यसबाट मलाई थाहा भयो कि यसले मलाई माया गर्छ।

सबैको भाग्यमा सुगा हुँदैन । कसैको सुगा मर्छन् । कोहीले हातमा बोक्न खोज्दा उडाइदिन्छन् । कोहीको पिँजडाको झुन्ड्याउने लुज भएको हुन्छ । कोहीको सुगा खाना धेरै भएर पर्छ । कसैकसैको त्यस्तो हुन्छ।

मलाई मेरो सुगाले माया गरेको देखेरै मैंले हामीसँगै बस्छ भनेर । तर, मेरो भाग्यमा पनि सुगा रैन रैछ । किनभने मैंले ल्याएको सुगा एउटा मरयो । एउटा मरेपछि अर्काे ल्याउनुभयो बाबाममीले । तर, त्यो उड्यो । फेरि अर्काे ल्याएको, त्यो पनि उड्यो । उडे पनि मरे पनि मैले बुझे कि मैंले पालेका सबै सुगाले मलाई माया गर्थे।  

प्रकाशित: २७ वैशाख २०७८ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App