७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

कोरोना प्रभाव

लघुकथा

रिनिशा शाक्य र  विजय श्रेष्ठले हिउँदमा बिहे गरे । बिहे गरेर हनिमुन मनाउन विदेशको योजना नबनाउँदै कोरोनाको लकडाउन सुरु भयो । पढाइ सकेर मात्र सन्तान खोज्ने उनीहरूको चाहमा प्रश्न चिन्ह खडा भयो । वर्ष दिनसम्मको लकडाउन,  विवाहित जोडी..... के चाहियो र? प्रेम फुल्यो । नचाहेर गर्भ बस्यो । गर्भ बसेको एकाध वर्षमा छोरी जन्मिन् ।

कोरोनाको बेला जन्मेकी छोरी भएकीले नाम करुना जुराइयो । कोरोनासँग लय मिले पनि करुना अर्थ भिन्न थियो । बच्चाहरू स्वभावैले चकचके हुन्छन् नै । उनी धेरै चकचके थिइन् । रिसायो कि समान  फ्याँकिदिन्थिन् ।  बिहे गरेको तेर वर्षपछि विजय अफिसबाट घर फर्केका थिए । घरमा आउँदा टेलिभिजन धुजाधुजा भएर फुटेको थियो।

विजयले श्रीमतीलाई बोलाउँदै भने – होइन..रिनिशा कसरी टेलिभिजन फुट्यो? नब्बे हजार कमाउन कति मुस्किल छ ? थाहा होला नि !

रिनिशाले विजयलाई औँलाउँदै भनिन् – यो छोरी, तपाईप्रति गएको हो कि कोरोना प्रभावले हो... नोक्सान मात्र गर्दछे ।  

प्रकाशित: २७ चैत्र २०७७ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App