५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

अझै बेला टरेको छैन

गजल

गाँस,  बास, कपास , गरीबको  भाग्यमा  परेको  छैन,

मेहनती पाखुरा भए पनि , कहिले खुशी छरेको छैन।

 

कृषि प्रधान देशका, कर्णधार किसान तिम्रो मुहारमा,

दुई पलको खुशी, कहिले कसैले भरेको छैन।

 

कुटो – कोदालो बोकी , पाइला चाल्छौ उन्नतिपथमा,

धन्य छौ  तिमी उत्साह, जाँगर  तिमीमा मरेको छैन।

 

हिमाल,  पहाड, तराई  , सिन्चित  छ तिम्रो पसिनाले,

कसैले  पनि  तिम्रो , मेहनतको   कदर  गरेको  छैन।

 

कर्म गर  फलको आशा, नराख भन्छ  गीताले पनि,

देशको सेवा गर नौजवान हो , अझै बेला टरेको छैन।

प्रकाशित: १० चैत्र २०७७ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App