२७ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

सागरको ‘मलाई माया गरन’

दाङका मोडल सागर भण्डारीको ‘मलाई मायाँ गरन’ बोलको गीत सार्बजनिक भएको छ । दाङमा रहेर केहि समययता मोडलिङको यात्रामा निरन्तर रहेका सागरले मलाई मायाँ गरन बोलको गीतमा आँफूलाई अब्बल मोडलका रुपमा साबित गरिदिएका छन् । पप गायक कमल खत्री र मेलिना राईको आवाजमा रहेको यो गीतमा सागरलाई मोडलिङमा नायिका चुल्ठिम डोल्मा गुरुङले साथ दिएकी छिन् । सागर र चुल्ठिम यो गीतमा ‘फिट’ जोडीका रुपमा देखिएका छन् । अनिल सिमलीको शब्दमा रहेको यो गीतमा संगित पनि अनिलले नै भरेका छन् । गीतको भिडियो बिशाल नेपालीले निर्देशन गरेका छन् ।  

यो गीतमा चुल्ठिमसंग फिट जोडीको रुपमा देखा परेका सागरले केहि समय अघि मात्रै ‘गोरी गोरी’ , ‘शितको पानी’ बोलका गीत समेत ल्याईसकेका छन् । गायक समेत रहेका दाङ घोराहीका सागरले गायकी संगै मोडलिङ यात्रालाई अघि बढाएका छन् । केहि समय अघि सम्म गायकीको रुपमा कलाकारीता क्षेत्रमा रहेका उनि अहिले भने मोडलिङमा बढि सकृय छन् । उनको चैत दोस्रो साता ‘मोयाँलु’ बोलको अर्को गीत पनि सार्वजनिक हुँदैछ । देबेन्द्र बब्लु र सज्जा चौलागाईँको आवाजमा रहेको यो गीतमा सागर र गरिमा शर्माले अभिनय गरेका छन् । गीतको सुटिङ सकिईसकेको  र चैत दोस्रो साता सम्म गीत सार्वजनिक गरिने सागरले जानकारी दिए ।

प्रकाशित: २९ फाल्गुन २०७७ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App