१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

विश्वका प्रभावशाली महिलाको सूचीमा दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण चलचित्र क्षेत्रमार्फत समाजमा पुर्‍याएको योगदान बापत २०२१ को 'भेराइटी इन्टरनेशनल वुमन इम्प्याक्ट' रिपोर्टमा उनको नाम समावेश भएको छ। भारतीय कलाकारहरूमा दीपिका पहिलाे हुन्, जसकाे नाम यसमा पर्न सफल भएकाे छ। 

विश्व चर्चित भेराइटी म्यागेजिनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभरका प्रभावशाली व्यक्तिहरुको सूचीसहित रिपोर्ट तयार गर्ने गर्छ। यस रिपोर्टमा परोपकारी काममा भाग लिएकोमा दीपिकाको प्रशंसा गरिएको छ।  

'लिभ लाफ लभ' फाउन्डेशनमार्फत दीपिकाले २०१५ देखि नै मानसिक समस्या भोगिरहेका मानिसहरुसँग संवाद सुरु गरेकी थिइन्। दीपिकाका विषयमा भेराइटीको रिपोर्टमा लेखिएको छ, ‘बलिउड स्टार पादुकोणले एसिड हमलाबाट बाँचेकी महिलाका विषयमा एक सामाजिक फिल्म ‘छपाक’ निर्माण तथा अभिनय गरेकी छिन् ।’

आफ्नो यात्राका विषयमा भेराइटी म्यागेजिनसँग कुराकानी गर्दै दीपिकाले भनेकी छिन्, ‘भाग्यवस्, मैले बजेट वा अन्य कारणहरूले कुनै पनि फिल्म खेल्ने निर्णय लिनु परेन। मैले फिल्म खेल्ने निर्णय आफ्नो जीवनमा म भावनात्मक रुपले कहाँ छु भन्ने विषय गर्छ। मेरा सबै रोजाई यही कुराले गर्छ।’

भारतीय चलचित्र क्षेत्रमा सर्वाधिक लोकप्रिय र सम्मानित अभिनेत्रीका रुपमा दीपिका पर्छिन्। उनी कहिले समाजसेवा त कहिले सामाजिक फिल्मका कारण चर्चामा आउँने गरेकी छिन्।

प्रकाशित: २३ फाल्गुन २०७७ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App