७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला

भूगोल साहित्य समाजमा नयाँ कार्य समिति

भूगोल साहित्य समाजको प्रथम वार्षिक साधारणसभा फागुन  सम्पन्न भएको छ । साधारण सभाले संस्थाको आर्थिक विवरण पारित गर्नुको साथै नयाँ कार्य समिति चयन गरेको छ।

नयाँ कार्य समितिको अध्यक्षमा विनोद नेपाल, उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैलेन्द्रकुमार शाह, कोषाध्यक्षमा हरिश्चन्द्र गौतम र सदस्यहरूमा बुध्दिराज पाण्डे, मुकुन्द अर्याल, नवराज पुडासैनी, उमेश तिमल्सिना र गुप्तबहादुर राना निर्विरोध निर्वाचित भएका छन् । पद्मा सापकोटालाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ । 

राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव महाप्रबन्धकद्वय टेकराज जोशी र उद्धव खनालको विशिष्ट आतिथ्यता, रावा बैंक भूपू कर्मचारी संघका अध्यक्ष पुरुषोत्तम निरौलाको प्रमुख आतिथ्यता र अध्यक्ष विनोद नेपालको सभापतित्वमा सम्पन्न साधारण सभामा निर्वाचन अधिकृतको जिम्मेवारी अधिवक्ता वासुदेव खत्रीले पूरा गरेका थिए । दिनेशविक्रम थापाले स्वागत मन्तव्य व्यक्त दिएको सभामा समाजका  अध्यक्षबाट स्थापनाकालदेखिका गतिविधिका साथै आगामी योजनाबारे जानकारी गराइएको थियो।

समाजले साधारण सभासँगै नवौं रचना वाचन श्रृङखला पनि सम्पन्न गरेको छ । जसअन्तर्गत कविहरू गोकुल अधिकारी, नवराज पुडासैनी, दिनेशविक्रम थापा, शैलेन्द्रकुमार शाह, पद्मा सापकोटा, बुद्धिराज पाण्डे, हरिश्चन्द्र गौतम, महेश रिजाल र विनोद नेपालले आआफ्ना रचना वाचन गरेका थिए।

भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त कर्मचारीहरूद्वारा गत वर्ष गठित जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएको संस्था हो । दरबारमार्ग, काठमाडौमा कार्यालय रहेको संस्थाले द्वैमासिक रूपमा साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App