संचारकर्मी रवि लामिछानेले ल्याएको नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत कलाकार दीपक राज गिरी 'क्राइम पेट्रोल’ मा देखिन लागेका छन्। कलाकार गिरी यस सोमा होष्टको रुपमा देखिने बताईएको छ।
भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’सँग आधिकारी अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको मंगलबारको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।
‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो। सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गरेकी मल्लले गौरी मल्ल अभिनित नेपाल टेलिभिजनको चर्चित श्रृखंला ‘सिंहदरबार’ उनलेनै लेखेकी हुन्।
प्रकाशित: १२ फाल्गुन २०७७ ०६:१२ बुधबार





