बलिउडमा सबैभन्दा बढी चर्चामा आउने अभिनेत्री क्याट्रिनाकी बहिनी इसाबेल कैफ पनि अब विस्तारै बलिउडमा चर्चा कमाउन थालेकी छिन्। उननी आफैले फिल्मको काम सुरु गरेकाले पनि उनी चर्चामा आउन थालेकी हुन्।
इसाबेलसँग अहिले एउटा होइन तीन वटा फिल्महरुमा काम गरिरहेकी छिन्। इसाबेल अहिले चर्चामा आउनुको कारण चाहिँ उनले सलमान खानसँग फिल्म गर्नुको कारण पनि हो।
'टाइम टु डान्स', 'सुस्वागतम खुशामदीद', 'क्वाथा' यी तीन चलचित्रमा इसाबेलले काम गरिसकेकी छिन्।
प्रकाशित: ११ फाल्गुन २०७७ ०४:२० मंगलबार