१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भोज खान हिंडेका खाए भाषण

हाइकु

      १) 

खाँट्टी निस्वार्थी

खोजेको दशकौँ भो

रातो झण्डामा ।

 

    २)

जेठको धूप

सूर्यको रापताप

के खप्न सक्नु ।

 

    ३) 

कर्कश ध्वनि

बेमौसमी बाजाको

कान भो वैरो ।

 

 

     ४)

ख्यालख्यालमा

सडकमा छरिने

नेपाली बानी।

 

     ५)

भाग्यो त्यो पर

औषधि सम्झेर

रोग बोकेर ।

 

 

  ६)

रुवाबासी छ

धारे हात चम्क्या छ

दलदलमा ।

 

    ७) 

तीर्थालु रैछन्

भोज खान हिंडेका

खाए भाषण ।

 

     ८) 

उम्ल्यो रगत

युवा जोशजाँगर

आमा पीडामा ।

 

       ९) 

 बोल्नै जन्मेको  

बोल्छु देखे बुझेको

निर्धक्क भई।

 

     १०)

किस्ताकिस्तामा

प्रतिगमनदेखि

जनता जागे ।

प्रकाशित: १० फाल्गुन २०७७ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App