१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कस्तो गरेछु माया पागल भएर हिँड्ने

गजल

इच्छा थिएन मेरो  बादल भएर हिँड्ने,

कस्तो गरेछु माया  पागल भएर हिँड्ने ।

 

वर्षौं बितेर जाँदा  झल्को गएन उस्को,

आँखा अगाडि छाया  हरपल भएर हिंड्ने।

 

चोखो गरेर माया  के नै भयो र आखिर,  

हिक्मत भएन तिम्रो  गाजल भएर हिँड्ने।

 

मान्दैन बस्न मनले   एक्लै उडेर जान्छ,

प्यासी बनेर होला  तलतल भएर हिँड्ने।

 

तिम्रो रहेछ माया  ठ्याक्कै भूकम्पजस्तो,  

सारा फोडेर छाती  हलचल भएर हिँड्ने।

प्रकाशित: ७ फाल्गुन २०७७ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App