११ कार्तिक २०७८ बिहीबार
कला

समयान्तर

लघुकथा

समय  – १

म घाँस काट्दै थिएँ । अचानक मुसलधारे  पानी बर्सिन थाल्यो । नजिकै गोठमा निकैबेर ओतिएँ । एकछिनपछि आठनौ जना मान्छे आए र मलाई घिसार्दै लगे । खासमा  मेरो विहे भएको रहेछ । त्यतिबेला म भर्खरै सात वर्ष पूरा भएर आठ टेक्दै रहिछु ।

समय  –२

मामाहरू आउनुभयो । मेरी छोरीको विहेको कुरा चलाइयो । मामाले  दुख पाइस् भने हामी छौं भनेर एकान्तमा  केरे ।  न कहिले भेटेको न कहिले देखेको एक पुरुषसित विहेको कुरा छिनियो अनि धुमधामले विहे भयो ।

समय  – ३

मेरी नातिनीले न मैले एक मुठी घाँस काँटी,  न कोही माग्न नै आए । यद्यपि  ऊ आमा हुँदै छे । समाज भने भनिरहेको छ – समय भाँडियो । विकृति फैलिँदै गएको छ ।

नातिनीचाहिँ खुसी साथ भन्दै छे – मैले आमा हुन कसैलाईे शुल्क बुझाएकी छु ।  म जे  गरूँ अरूलाई के चासो ? कम्तीमा मैले कसैको दिल त दुखाएकी छुइनँ नि ।

प्रकाशित: ६ फाल्गुन २०७७ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App