१५ चैत्र २०८० बिहीबार
कला

यो मन त्यतै धाउँछ

गीत

जति बिर्सौ भन्छु तिमीलाई, उति याद आउँछ,

जति टाढा हुन्छु भन्छु, यो मन त्यतै धाउँछ ।

 

तिम्रो जस्तै कठोर मन, मेरो हवस् भनी,

कति प्रयास  गर्छु तर भएन यो  मन पनि।

 

एक्लै बस्दा एक्लै हिँड्दा  सधैं याद आउने,

जति पीडा भए पनि मन चै त्यतै धाउने।

 

न त तिमी आफ्नो हुने न त भुल्न सक्ने,

तिम्रो सम्झनामा अब दिन बिताई बस्ने ।

 

खाएकी थियौ कसम तिम्ले सँगै जिउने मर्ने,

कसम तोडी तिमी गयौ मैले खै के भन्ने ।  

प्रकाशित: १० माघ २०७७ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App