४ वैशाख २०८१ मंगलबार
कला

थैली हाँस्यो मुसुक्क

बालकविता

चोलीबाट झिकेर पैसा राख्न खुसुक्क,

जुँगा तानिन् आमाले थैली हाँस्यो मुसुक्क।

 

धान बेची बज्यैले दुईचार पैसा कमाइन्,

फुर्के डोरी तानेर पैसा राखिन् रमाइन् ।

पैसा राख्ने बेलामा भाइ बस्यो टुसुक्क,

जुँगा तानिन् आमाले थैली हाँस्यो मुसुक्क ।

 

‘काँक्रो बेच्न लाने हो आँखीबुट्टे डोकामा,

कमाएर रुपियाँ राख्छु यही पोकामा ।

यसो भन्दै स्यान्दिदी आइन् साँझमा लुसुक्क,

जुँगा तानिन् आमाले थैली हाँस्यो मुसुक्क ।

 

अब आउने तिहारको देउसी अनि भैलीमा,

पैसा कमाई ल्याएर राख्छु सुर्के थैलीमा ।

रुन्चे मुख लाएर रिसाउँदै ठुसुक्क,

जुँगा तानिन् आमाले थैली हाँस्यो मुसुक्क।

 

घिउदूध बेचेर पैसा जुटाई यसैमा,

नयाँ लुगा किन्ने रे अब आउने दसैँमा ।

पैसा राख्नै बिर्सेछन् झन्नै बाले भुसुक्क,

जुँगा तानिन् आमाले थैली हाँस्यो मुसुक्क ।

प्रकाशित: १० माघ २०७७ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App