२१ फाल्गुन २०७७ शुक्रबार
कला

कोराना कहर

कविता

कोरोना कसरी बढेर जगमा मान्छे निशाना भयो  

कस्तो रोग विषाक्त भो जगतमा आँधी बनी फैलियो

राजा रङ्क सबै समान उसले कोही नछोड्ने भयो  

मीठो स्वाद लिई चपाई कहिल्यै आँसु नझार्ने छ यो।

 

प्राणीमा जहिल्यै मनुष्य सबमा ज्यादै विवेकी थियो  

ज्ञानीथ्यो र विकास मात्र उसको उद्देश्य यौटै रहयौ  

सारा निष्फल पार्दियो कहरले सन्त्रास पो फैलियो  

हाहाकार भयो समस्त मनुवा आफै थुनामा रहयो।

 

आफु मात्र उँचो भनेर अरुमा मान्छे अटेरी बन्यो  

ब्रम्हाण्डै वशमा गरेर रहने संकल्प उस्ले लियो  

पृथ्वीका अरु सिर्जना जति थिए संत्रासमै बाँच्दथे  

नष्टै भो वन जन्तु सागर नदी तृष्णा अझै बढ्दथे।

 

कोरोना भयले उँचो जति थिए आफै यहाँ खुम्चिए

लिङ्गै वर्ण र जातिभेद ननिका तिन्का मुखैमा थिए  

तल्लो जात भनी विभेद जगमा राख्दै बने मालिक

सिक्दैछन् अब बल्ल धुर्त जनले यो रोग भो चालक।

 

केही हुन्न भनी घमण्ड गरदै भन्दै थियो जो जुन  

उस्कै लागि बन्यो कडा कहर त्यो रोगी बन्यो लौ भन  

यस्ता दम्भ नपाल हे मनुज हो भन्ने थियो आखिर

त्यस्तै भो अब जाग, नत्र सबमा फैलिन्छ चारैतिर ।

प्रकाशित: ९ माघ २०७७ १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App