स्रष्टाहरू पञ्चकोट साहित्य सम्मेलनमा
आज पञ्चकोट साहित्य सम्मेलनको कार्यसमिति गठन गरिएको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु काजी रोशन, प्रेम छोटा र मन्जिला अनिल रहेका छन्।