coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

खेल्दै – खेल्दै आँगनीमा आयो मेरो भाइ

बालगीत

मुक्तिनाथ शर्मा न्यौपाने

 

खेल्दै – खेल्दै आँगनीमा आयो मेरो भाइ,

मुने पाठो खेल्दै थियो  उफ्रीउफ्री त्यहीं ।

 

परेवीका बचेरा नि चारा खाई –खाई,

खेल्दै थिए त्यहीँ पुग्यो हेर मेरो भाइ ।

 

समाउन खोज्छ भाइ मुने पाठालाई,

भाग्छ मुने पाठो उतै जान्छ मेरो भाइ।

 

गाईबाच्छी पनि त्यहाँ आएर मिसियो,

रमाइलो अझै बढ्यो भाइ खुसी भयो ।

 

म पनि त खेल्न गएँ चरी भुर्र उडे,

बाछीपाठी पनि भागे फरक्क  फर्किएँ ।

 

भाइ पनि मसंग नै खेल्न थालेपछि,

मामु हेर्दै हुनुहुन्थ्यो मुसुमुसु हाँसी।

प्रकाशित: २३ पुस २०७७ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App