१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

आमा

कविता

स्मृति सापकोटा  

 

नौनौ महिना कोखमा राखी,  

जन्म दियौ आमा तिमीले,  

सन्तान खुसी बनाउनलाई

 दुख – पीडा भोग्यौ तिमीले।

आमा तिमी महान छौ,  

हामीलाई माया गर्ने।  

हुर्काइ, बढाइ, पढाइ, लेखाइ,

पालान – पोषण गर्ने।

आफ्नो पीडा जति भए नि,  

राख्छौ आमा मनैमा।  

साथ दिन्छौ आमा तिमीले,  

मेरो हरेक पलैमा।  

जति कठिन परिस्थिति आए पनि,  

छोड्दिनौ एक्लै मलाई ।  

सधैं तिमीले चाहन्छौं आमा,  

सन्तानको भलाइ।

 मनको सफा छौ तिमी,  

खोट छैन तिम्रो नजरमा।

सुन्दर छौ आमा तिमी,  

लाखौं हजारौमा।

   (श्री ताराकु्ञ्ज  सेकेण्डरी स्कुल, पोखरा १३ ।

प्रकाशित: १० पुस २०७७ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App