१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

दु:ख पर्दा त आफ्नै मान्छेले साथ छोड्दा रहेछ्न्

मुक्तक

 मिना श्रेष्ठ सबी  

 

  १)

कति कठोर हुन खोज्छ यो म पनि,

सम्झन्छु विगतलाई, घोच्छ यो मन पनि ।

आशा थियो यो जिन्दगी सँगै बिताउने,

तर खाली एकान्त रोज्छ यो मन पनि ।

 

  २)

दुख पर्दा त आफ्नै मान्छेले साथ छोड्दा रहेछ्न् ,

मलिलो भेट्दा धनीकै फुलबारी गोड्दा रहेछन् ।

झरेका आँसु पुछेको रुमाल भुलेपछि आज,

धनी भेट्दा गरीबसँगको नाता तोड्दा रहेछन् ।

 

  ३)

किन हो हिजोआज कोहीसंग बोल्नै मन छैन,  

नफ्रत जाग्छ देख्दा पनि दिल खोल्नै मन छैन।

हिजोसम्म एटिएम कार्ड बनाएर लुट्नसम्म लुटे,

त्यही गल्ती दुनियाँको सामु ओकल्नै मन छैन ।

 

    ४)

त्यही सन्तानका लागि दुख गर्दै छिन् आमा,

तातो रापमा आफू पोलिदै पेट भर्दै छिन् आमा ।

बाध्यता र विवशताले निम्त्यएको यो गति,

आँसुमा डुबेर पनि सन्तानको खुसी छर्दै छिन् आमा ।

 

   ५)

चल्ला हाँक्ने कागले पनि यस्तै गरे कसो होला,

सानाको पनि सम्मान र भर परे कसो होला !

मातृत्व र संरक्षणले सुन्दर बनेको धर्तीबाट  

सिकेर, मेहनतले कला भरे कसो होला !

प्रकाशित: ८ पुस २०७७ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App