१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

हाम्रो संस्कृति श्रेष्ठमा गनियो

कविता

भाग्यशाली अधिकारी

 

गन्य र मान्य व्यक्ति छन् जहाँ नमस्ते गरेर  

सम्मान गर्ने आएको थियो चलन चलेर  

 

कहिल्यै फेल नखाने हाम्रो वैज्ञानिक नियम

झुकाए सबै ती राजादेखि मस्तकजिएम

 

कति छन् यस्ता संस्कृति हाम्रा झन् बुझ्यो गहिरो  

पश्चिमी आयो सभ्यता सबै लगायो पहिरो  

 

पाइन्न केहीँ आदर्श यस्तो हामीले गएर  

सकिन्न अब संस्कृति छोप्न गइसक्यो बगेर  

 

संस्कार कति रहेछ ठूलो झन् ठूलो गनियो  

हटाउनुपर्छ यो सबै हाम्रो कुरीति भनियो 

 

था’ भयो बल्ल आएर ऐले जे हामी ठानियो  

अहिले त्यही संस्कार हाम्रो श्रेष्ठमा गनियो 

 

धेरै छन् यस्ता संस्कृति हाम्रो अब त्यो पास भो ।

महत्वपूर्ण संस्कृति अब फर्किने आश भो ।

प्रकाशित: ८ पुस २०७७ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App