६ चैत्र २०८० मंगलबार
कला

विवाह बन्धनमा बाँधिए रोहन र नेहा कक्कड

बलिउडकी सफल गायिका नेहा कक्कड र गायक रोहन प्रित सिंहले आज विवाह गरेका छन्। उनीहरुको बिहेको तयारी भने केही दिनदेखि चलिरहेको छ। यसका लागि उनीहरु परिवारसहित बिहीबार मुम्बइबाट दिल्ली पुगेका थिए।

दिल्लीमा नेहाको हल्दी र मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो। नेहा र उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्बिर पनि शेयर गरेका छन्। नेहा र रोहन केही समयदेखि प्रेम सम्बन्धमा थिए। नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए।

प्रकाशित: ८ कार्तिक २०७७ १५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App