१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रंगीचंगी फूलहरू फुलाउनुपर्छ,

गजल

राजकुमार श्रेष्ठ

 

आउ रंगीचंगी फूलहरू फुलाउनुपर्छ,

अनि मगमग बासनामा डुलाउनुपर्छ ।

फूलका थुँगा गाँसेर माला बनाएझैँ,

मन मिल्नेलाई पो साथी बनाउनुपर्छ।

माया गर्ने मायालुलाई सधैंभरि,

शीतल हृदयमा  सजाउनुपर्छ ।

त्यो सुखसयलमा पुग्नलाई साथी,

अलिकता दुखमा पनि रमाउनुपर्छ ।

प्रकाशित: १ कार्तिक २०७७ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App