७ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

झ्याउँकिरी बास्दा

कविता

बोधराज पौडेल

 

बस्तीहरूमा  

अनायासै आज  

झ्याउँकिरी बासे कोलाहल शब्दमा

लाग्छ आज बस्तीमा कुनै मखविल पस्यो  

यी झ्याउँकिरीका बच्चाहरू कुमल्याउन

 

सधै झ्याउँकिरी साँझमा बास्थे  

झ्याउँँझ्याउँ र झ्याइँझ्याइँ गरेर  

तिनका बच्चाहरू त्यो शब्दमा  

आफ्नो भाषा उर्तान सिक्थे

तोते शब्द र बोलीहरूमा  

तर, झ्याउँकिरीहरूको बास्ने समय

आज बदलिएको छ 

 

आज यी दिनमै बास्दैछन्

कोलाहल शब्दमा

टोलै बोक्ने गरेर

अनि मेरो मन तनयात्मा बन्नै सकेन  

यी झ्याउँकिरीका आवाजले  

म उठेर बाहिर हेर्न खोजे  

अनायासै मेरा आँखाहरू  

धमिला र पिरा भए  

खोई केके कुरा मुखमा परे  

म त बास्नै सकिन  

त्यसै ठाउँमा मूर्छित भएँछु

जब म बिउँझिएँ त्यहाँ  

त झ्याउँकिरीका खोस्टाहरू मात्र थिए

ती बासिरहेका झ्याउकिरीहरू  

अब त निष्प्राण भइसकेका थिए  

त्यसैले झ्याउँकिरी बास्दा  

आज पनि म डराउँछु  

ती मखविल संझेर ।

प्रकाशित: १९ आश्विन २०७७ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App