१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पिता पोसाकमा अल्झेका सम्झना

प्रात समय सूर्य क्रमशः तेज हुँदै गयो। यही तेज किरणबाट एउटा आकृति बिस्तारै उभ्रिएजस्तै पुनः ओझेल पर्नै लाग्दा पछ्याउँदै पिताजीको घर पुगेँ। पिताजीको घर र मेरो घरको साँध मात्र आठ आनाको कान्लाले निर्धारण गरेको छ। त्यो पनि पिताजीकै जमिन हो। आज पिताजीको महाप्रस्थानको १५औँ पुण्यतिथि। पिताजीको शयन कक्षको दृश्य अरु दिनभन्दा अलग्गै छ। चारैतिर पोसाकको चाङैचाङ। हेर्दाहेर्दै मैले पछ्याएकोे आकृति तिनै पोसाकको चाङमा विलीन भयो। खोज्दै गर्दा आमाको आवाज सुनेँ, ‘तिम्रो बाका पोसाक जतन गर्दै छु। ७३ वर्षसम्म जतन गरेकी बालाई त एक दिन दिनुप-यो।’ एक क्षणको मौनता पछि, ‘तिम्रा बा पोसाकका सोखिन, योे पनि सगौरव राष्ट्रलाई सुम्पिन्छु, उचित सम्मान र संरक्षणलाई  मागे भने।’ निश्चेष्ट–निश्चित भावले ‘तिमीहरू ६ छोरीले आफूलाई मन परेको एकएक जोर लैजाओ। तिमीहरूको हक हो।’

मेरो विवाहको वर्षसम्म छोरीलाई अंशको कानुनी हक थिएन। महिला अधिकारकर्मीको ठूलो संघर्षले ससर्त महिलाको यो हक स्थापित भयो। यसको पक्ष–विपक्षमा मलाई केही भन्नु छैन। यस्ता हकको औचित्य व्यक्ति विशेष र परिस्थिति सापेक्ष हुन्छन्। मेरो पक्षमा भन्नुपर्दा अंश त धेरै वर्षअगाडि दिइसक्नु भो, एउटा सक्षम चिकित्सक बनाएर। आमाले अहिले जे दिनुहुन्छ, यो मेरा लागि आमाबाट पाउने अंशको भावनात्मक हक हो। मलाई गौरव छ, यिनै सामान्य लाग्ने असाधारण महिलाकी छोरी हुँ म।

भावनामा बग्दै एउटा ‘नाइट सुट’ समाउँछु। नीलो स्वच्छ आकाशको पृष्ठभूमिमा सेता बादलको मनचिन्ते तस्बिर धेरैपटक देखेकी छु। यस्ता तस्बिर प्रायः सुन्दर नै हुन्छन्। मेरो हातको नीलो ‘नाइट सुट’मा पनि एउटा यस्तै सुन्दर तस्बिर देखेँ, बिहानको ७ बजे, पिताजी झ्यालबाट चुरे शृखंला हेरिरहनुभा’छ। पिताजीको अगाडि एउटा कापी छ। दाहिने हातमा कलम, बायाँ हात बिस्तारै हावामा हल्लाउँदै केही गुनगुनाइरहनुभा’छ। म नजिकै उभिएर निस्तब्ध हेरिरहन्छु। यस्तो बेलामा यस्तै गर्न हामी अभ्यस्त छाँै। वर्षौेंअघि आमाले यही सिकाउनुभएको थियो। आमाको यही कलाले पिताजीको काव्य साधना समाधिमा पुग्यो।  

बिहानको स्वच्छ हावाले तरोताजा पिताजीको अनुहारमा त्यो नीलो ‘नाइट सुट’ औधि खुलेको छ। मलाई देख्नासाथ मुस्कुराउँदै सोध्नुभो ‘ए तिमी कति बेला आयौ ? एकछिन आमासँग कुरा गर्दै गर, मेरो अलिकति मिलाउनु छ।’  

त्यस साँझ पिताजीले दुई सय रुपैयाँ जित्नुभएको थियो। जितको उल्लासले पिताजीको सम्पूर्ण अनुहार आलोकित बनेथ्यो। त्यो सय वर्षको बालककोे निधार हाँसेथ्यो, आँखीभौँ हाँसेथ्यो, परेला हाँसेथ्यो, आँखाको नानी हाँसेथ्यो, यही सम्पूर्ण हाँसो समेटी ओठले एक विशिष्ट व्यक्तित्व सिर्जना गरेथ्यो।

उत्साहित मनको गहिराइमा काव्य लुकेथ्यो। एकैछिनमा खुसी हुँदै भन्नु भो, ‘हेर त, एक हप्तादेखि एउटा पंक्ति नमिलेको, आज राति १ बजे अचानक फु¥यो, खेस्रामा टिपेथेँ, त्यसैलाई मिलाउँदै छु।’ पिताजीको सिरानीको झ्यालको कुनाबाट पण्डित जसराजको मधुर स्वर गुञ्जिरहेछ। यही शास्त्रीय संगीतमा रंगिएर काव्य पूर्ण भएछ। कापी–कलम बन्द गर्दै भन्नु भो, ‘करिब करिब मिलिसक्यो।’ कहिलेकाहीँ त एउटा ‘शब्द’ मिलाउन समेत महिना दिन लागेको हामीलाई थाहा छ। यही नै पिताजीको शैली हो। सोच्दासोच्दै भर्खर देखेको तस्बिर, दक्षिण झ्यालबाट पसेको हावाको झोँकामा व्यग्र पक्षीजस्तै फुर्रर उड्यो। मेरो हातको ‘नाइट सुट’ पनि फुत्त खस्यो।  

पिताजी भन्ने गर्नुहुन्थ्यो, ‘एउटा अवसर गुम्दैमा निराश हुनुपर्दैेन, अरु धेरैले पर्खिरहेका हुन्छन्, छोप्न जान्नुपर्छ।’ अवसर छोप्दै नजिकको सेतो दौरा–सुरुवाल उठाएँ। यो त्यही दौरा–सुरुवाल हुन सक्छ, वा नहुन पनि। पिताजी कार्यालय, सभा, समारोहमा जाँदा प्रायः यस्तै पोसाक लगाउने हुनाले यस्ता पोसाक धेरै छन्। तर मेरा लागि त्यो त्यही ‘दौरा–सुरुवाल’ थियो, जुन पिताजीले २०२६ सालको एक आइतबार लगाउनुभएको थियोे। त्यस दिन बिहानैदेखि आमाबा र साँहिली दिदी कोठा बन्द गरेर निकैबेर कुरा गरिरहनु भो। के कुरो भो, हामीलाई थाहा भएन। तर, केटाकेटी नै भए पनि यति तय ग¥यौँ– केही गम्भीर समस्या छ। किनकि रातमा हाम्रो घरको कुनै पनि कोठाको ढोका हतपती बन्द हुँदैनथ्यो, मूल ढोका छाडेर। रहस्य त्यति बेला खुल्योे, जब पिताजी ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’का सदस्यमध्ये दुईजनालाई बाहि¥याउने ‘गोला’ प्रक्रियामा भाग लिन जानु भो। परिवारमा कमाउने एक्लो सदस्यको सदस्यता दमेत दाउ लाग्दाको गम्भीर परिस्थितिको छलफल रहेछ।  

‘रहने’ गोला तानेसँगै पिताजीको सदस्यता सुरक्षित रह्यो। साथै किताब–कापी च्यापी स्कुल जाने हाम्रो अवसर पनि। हामीलाई चितवन फर्की खेतीपाती गर्ने बाध्यता आएन। हामी खुसी भयौँ। पिताजीलाई भाग्यमानी सम्झियाँै। तर, आज सोच्छु– के पिताजीको सदस्यता भाग्यले टिकेथ्यो ? के त्यस दिन साहित्य, संगीत र कलाकोे दाउ लाग्दै थियो ? यो यस्तै चलिराछ। ती दिन भाग्यले अवसर दिलाएझैँ, आजका दिनमा राजनीतिक पैरवी। यो प्रश्नको उत्तर जे भए पनि, बालक मनले खुटेकी भाग्यमानी ‘दौरा–सुरुवाल’ आज पनि भाग्यमानी नै लाग्छ। परिवारको भाग्य जोडिएको ‘दौरा–सुरुवाल’ कसरी आमाबाट अलग्याऊँ ?

स्वचालित कालो कोट समाउँछु। यो त्यही कोट होे, जुन कोटको बायाँ छातीमा त्रिभुवन प्रज्ञा पुरस्कारको तक्मा सजिएथ्यो। २०३३ सालको कुरा हो, त्यति बेला ‘श्री ५ को सरकार’ले प्रदान गर्ने उच्चतम पुरस्कारमध्ये एउटा यो हो। यो सम्मानले एकातिर परिवारलाई सम्मानित बनायो भने अर्कोतिर ऋण मुक्त। यसै पुरस्कार साथ उपलब्ध ५० हजार रुपैयाँले पिताजीको घर बनाउँदा लागेको ऋण तिरिएथ्यो। यो अनेक कारणले वजनदार कोटको वजन थाम्ने आँट ममा आएन।  

त्यसपछि गाढा नीलो ‘ट्र्याक सुट’ रोजेँ। यो पोसाकको अलग्गै गाथा छ। पिताजी सतायू बाँचेर मनग्गे मान–सम्मान र आदर पाउनु भो, अर्कातिर यही दीर्घ जीवनका कारण आफ्नो जीवनकालमै धेरै आफन्त गुमाउनुको पीडा सहनु भो। बाल्यकालमै आमा गुमाउनु, गाढा प्रेम बस्दै गर्दा भर्खरकी प्रियसीका साथ गुमाउनु, आफ्नो पिताजीको अन्तिम दर्शन गर्न नपाउनुको पीडाका क्षणमा हामीले साथ दिन त पाएनौँ। अनुभूत भने ग¥याँै, यिनै आफन्तको श्रद्धाञ्जलीस्वरूप लेखिएका गीत र खण्डकाव्यमा। तर, पिताजीले केही वर्षअघि मात्र आफ्नो एक मात्र भाइ गुमाउँदाको पीडामा पिताजीसँगै हामी पनि रोयाँै। त्यो त्यही ‘ट्र्याक सुट’ हो, जुन पिताजीको आँसुले निथ्रुक्कै भिजेथ्यो। पिताजीको पीडाले भिजेको पोसाक म केले कसरी सुकाऊँ ?

प्रेमको विराट ऊर्जा चाहिन्छ रे आँसु सुकाउन त। यस्ता ऊर्जाले हिमशृंखला समेत पगाल्छ रे। यसैले त होला पुस–माघको कठ्यांग्रिँदो चिसोमा समेत, प्रेमानुरागी पिताजी एकाबिहानै बगैँचामा उभिएर घन्टौँ हिमालय हेरिरहनुहुन्थ्यो। त्यही हिमशृंखलालाई काव्यमा बिसाइ बाँचुन्जेल देश प्रेमको गीत सुनाइरहनुभयो। गीतमा मात्र होइन, पटक–पटकका टेलिभिजनबाट प्रसारण हुने विभिन्न अन्तर्वार्तामा समेत पिताजीको राष्ट्रियता नै बोल्थ्यो। यस्तैमा मलाई पिताजीको २०६९ भदौ ४ गते कान्तिपुर टेलिभिजनका भूषण दाहालसँगको अन्तर्वार्ता सम्झना आउँछ, त्यस दिन पिताजीले ऊ त्यो खैरो रंगको चेक कोट लगाउनुभएको थियो। पिताजीको त्यस दिनको राष्ट्रियताको परिभाषा देश विकासको गायत्री मन्त्र समान थियो, ‘राष्ट्रियता भनेको देशप्रतिको उत्तरदायित्व हो।’ पिताजीले देशप्रतिको आफ्नो उत्तरदायित्व देशको माटो सम्हालेर पूरा गर्नु भो। पिताजीले नेपालको वास्तविक सीमा ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा’ गीतमा कुँदी अमर बनाइदिनुभयो।  

हाम्रा लागि अमर भए– पिताजीका पोसाकमा समेटिएका जिउँदा–जाग्दा गाथाहरू। त्यो घिउ रंगको कुर्ता–पाइजामा लगाएर चार वर्षअघिको तीजमा हामीसँगै खुब जोसका साथ नाच्नुभएको थियो। त्यो जोस अहिलेसम्म त्यही छ। यही चेक कुर्ता–पाइजामाले पोहोर सालको त्यो शनिबारको विम्ब सम्झाउँछ। त्यस साँझ करिब एक घन्टा पिताजी हामी छोरी र आमासँग ‘म्यारिज’ खेल्नुभएको थियो। यस्तो पारिवारिक ‘म्यारिज’ खेल प्रायः शनिबार भइरहन्थ्यो। तर, त्यो शनिबार मलाई विशेष लाग्छ। त्यस साँझ पिताजीले दुई सय रुपैयाँ जित्नुभएको थियो। जितको उल्लासले पिताजीको सम्पूर्ण अनुहार आलोकित बनेथ्यो। त्यो सय वर्षको बालककोे निधार हाँसेथ्यो, आँखीभौँ हाँसेथ्यो, परेला हाँसेथ्यो, आँखाको नानी हाँसेथ्यो, यही सम्पूर्ण हाँसो समेटी ओठले एक विशिष्ट व्यक्तित्व सिर्जना गरेथ्यो। पिताजीको त्यही मुस्कुराहटलाई तस्बिरमा उतार्न धेरै नेपाली मरिमेट्थ्यौँ। अब त्यो बिर्सिनसक्ने व्यक्तित्व तिनै तस्बिरमा मात्र देख्न पाइन्छ।  

कसरी बिर्सुं त्यो कालो फूलबुट्टे बुसर्ट ? पाँच वर्षअघि फागुन २४ गते पिताजीले यही बुसर्ट लगाउनुभएको थियो। त्यसै बिहानी मैले आफ्नो जन्मदिनको आशीर्वादमा ‘भाग्यमानी भए’ पाएथेँ। ढुंगालाई कोपेर पीपल उमार्ने पिताजीले त्यस दिन मेरा लागि किन भाग्य रोज्नु भो ? यो अहिलेसम्म मलाई थाहा छैन, सायद यस्तै केही लाग्यो होला त्यस दिन। सोध्दा हाँस्नु भो मात्रै। यस्तै काठमाडौं विश्वविद्यालयको दीक्षान्त भाषणमा पिताजीले पहिरिएको शिरको त्यो कालो भुवादार टोपी, परिवारको श्रीपेचजस्तै आज पनि हाम्रो अगाडि चम्किरहेछ। तर, उतातिर त्यो अस्पताल जाँदा लगाएको हरियो इस्टकोट आफ्नो व्यथामा रुमलिइरहेछ।  

त्यो खैरो नाइटसुटले कताकता मलाई गिज्याइरहेजस्तो लाग्छ। यो त्यही नाइटसुट हो, जुन पिताजीले २०७७ भदौ २ गते लगाउनुभएको थियो। यो त्यही दिन हो, जुन दिन औषधि विज्ञान विफल भएको थियो। यो त्यही दिन हो, जुन दिन जिउने आशा हुँदाहुँदै पिताजीलाई जीवनले साथ छोडेथ्यो। यो त्यही दिन हो, जुन दिन म पराजित भएथँे !

जय–पराजय, सुखदुःख, वात्सल्य–घृणा, आस्था–अनास्था, आशा–निराशा, दिनरात, घामपानी जीवनका अनेक रंग सप्तरंगी इन्द्रधनुषजस्तै। इन्द्रधनुषको आधारशिला नीलो आकाशझँै जीवनकोे आधारशिला स्नेह, आस्था र आशा हो। यो पोसाकको चाङैचाङबाट एक जोर पोसाक खोजीको आधारशिला पनि यही होे। पिताजीले पोहोर साल गुरु पूर्णिमामा लगाएको सेतो कुर्ता–पाइजामामा लुकेको गुरु–पिताको स्नेहकोे प्रसाद च्यापेर घर फर्किएँ।

प्रकाशित: ३ आश्विन २०७७ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App