११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

रिया चक्रवर्तीले नाम लिएपछि रकुलप्रीत पुगिन् अदालत

लागुपदार्थको मामिलामा आफ्नो नाम जोडिएपछि कलाकार रकुलप्रीत सिंहले दिल्ली उच्च अदालतमा अपिल गरेकी छन्। उनले दायर गरेको मुद्दामा मीडियामा उनको विरुद्धमा भइरहेका कभरेजलाई रोक्न माग गरिएको छ। उनले आफ्नो इमेज विगार्न खोजिएको आरोप लगाएकी छन्।  

उनले रिया चक्रवर्ती केसमा आफ्नो नाम आउन थालेपछि मिडिया ट्रायल गर्न खोजिएको बताएकी छन्।  

आफ्नो र सारा अली खानको नाम रियाले लिएको सुटिङको दौरान थाहा पाएको उनको भनाई छ। त्यसपछि मीडियाले आफ्नो नाम छाप्न थालेको उनले बताएकी छन्।

रकुलप्रीतका वकिलले उच्च अदालतमा भनेका छन्, ‘मीडियाले रकुलप्रीतमाथि ह्यारेस गरिरहेका छन्।’  

 

प्रकाशित: १ आश्विन २०७७ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App