२७ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

प्रस्तावित 'नेपालवाद'का ३ पुस्तक सार्वजनिक

प्रस्तावित 'नेपालवाद'सँग सम्बन्धित तीन पुस्तक शुक्रबार सार्वजनिक गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कार्यक्रमबारे जानकारी दिंदै नेपालवादका परिकल्पनाकार खेम शर्माले पुस्तक विमोचन गरेका हुन् । 

विमोचन भएको मुख्य पुस्तक 'नेपालवाद: राष्ट्रिय नीति-विचार केन्द्र (परिकल्पना)' हो भने दोस्रो 'नागरिक प्रश्न' र तेस्रो 'नागरिक जिम्मेवारी' हो । यी तीनवटै पुस्तकथुप्रै डटकममार्फतइबुकको रूपमा सार्वजनिक गरिएको हो ।

पहिलो पुस्तकमा दीर्घकालीन नीति-ज्ञान, अनुसन्धान, तथ्यमा आधारित बहस र संस्थागत क्षमताको एकीकृत ढाँचा प्रस्तुत गरिएको छ । पुस्तकमा २४ पिलरमा नेपालको अवस्था, सुधार/निर्माणका प्राथमिकतार मिति-लक्ष्य-जिम्मेवारीका आधारमा नतिजा निकाल्ने रूपरेखा प्रस्तुत गरिएको छ  ।

राष्ट्रनिर्माण अब भाषण होइन ब्लूप्रिन्ट बनोस् भनेर यी पुस्तकहरु सार्वजनिक गरिएको नेपालवादका परिकल्पनाकार खेम शर्माले बताए । उनले नेपालवाद कुनै दलको वाद नभई नेपालको आफ्नै अनुभव, भौगोलिक संवेदनशीलता, सामाजिक बहुलता र राष्ट्रिय हितबाट जन्मिएको राष्ट्रिय चिन्तन भएको बताए । 

यस्तै 'नागरिक प्रश्न'मा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मध्येनजर गर्दै उम्मेदवारहरूलाई सोध्ने पर्ने प्रश्नहरु समेटिएको छ । जसमा पूर्वाधारदेखि कुटनीति एवं सुरक्षालगायतका २४ क्षेत्रका विषयमा ११/११ वटा प्रश्न समेटिएको छ । यसमा कहिले, कति र कसले भन्ने प्रश्नलाई प्राथमिकतामा राखिएको शर्माले बताए ।

अर्को पुस्तक 'नागरिक जिम्मेवारी'मा राष्ट्र बनाउन आवश्यक ठानिएका २४ पिलरमा नागरिकका कम्तीमा ११/११ व्यवहारिक भूमिका समेटिएको शर्माले बताए । 

'देश केवल नेताले मात्र बनाउने होइननागरिकको दैनिक आचरण, सहभागिता र जिम्मेवारीले पनि राष्ट्रको दिशा तय गर्छ भन्ने मान्यताका साथ् यो तयार गरिएको हो', शर्माले भने, 'यसको उद्देश्य नागरिकलाई दोष लगाउनु होइनसक्षम बनाउनु हो। सत्य-जाँच, नियम पालन, श्रम सम्मान, सार्वजनिक सम्पत्ति संरक्षण र नतिजा माग्ने संस्कारलाई व्यवहारमै उतार्न सहयोग गर्ने मार्गदर्शन दिनु हो।

पत्रकार सम्मेलनमा शर्माले अबको ६०-७५ दिनभित्र नेपाल र विश्वभर रहेका नेपालीबाट थप सुझाव संकलन गरी यो ब्लूप्रिन्टलाई प्रिन्टेड किताबका रुपमा ल्याउने जानकारी दिए । यसका लागि थप बहस गर्ने र सल्लाह सुझाव संकलन गरिने उनको भनाइ छ ।

प्रकाशित: २३ माघ २०८२ १७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App