२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
कला

सरलाको ‘डुमेरो’ सार्वजनिक

लेखक सरला गौतमको ‘डुमेरो’ उपन्यास सार्वजनिक भएको छ। बिहीबार पब्लिकेसन्स नेपालयले प्रेस विज्ञप्तिमार्फत लेखक गौतमको उपन्यास सार्वजनिक भएको जानकारी गराएको छ। सानो सहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथालाई उपन्यासमा समावेश गरिएको छ।

पत्रकारिताबाट लेखनमा लागेकी गौतमले उपन्यासबाट आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रूपमा स्थापित गर्ने बताएकी छिन्।  ‘उपन्यासको शीर्षक डुमेरो आफैंमा नौलो शब्द हो,’ उनले भनिन्, ‘कुनै गन्तब्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतिकात्मक अर्थ बोक्छ। यो शब्द सुन्नमा लयालु त छदैछ। यसको अर्थ गहन छ। महिलाको पहिचानलाई घरेलुपनले सधैं बन्धनमा पारेको हुन्छ। तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौँ। जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन। अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तब्य तय गर्न सक्तैन। हाम्रा चुनौती अमुर्त छन्, यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो।’

उपन्यासको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्, ‘लेखक गौतमले वकालत गर्ने भाषाको गैरराजनीति धारणा उनको पुस्तकमा पनि देखिएको छ। उनले पात्रहरूका सशक्तिकरण, पहिचान र बदलिदो सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उभिन्छिन। यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अंगाल्ने प्रतिवद्धतालाई पनि उजागर गरेको छ।’ लकडाउनको बेला बजारमा ल्याएको पहिलो कृति ‘परित्यक्ता’ले तुलनात्मक रूपमा राम्रो बजार लिएकोले यो कृतिले पनि राम्रो बजार पाउनेमा आशावादी रहेको नेपालयकी सैजन मास्के बताइन्। 

प्रकाशित: १६ श्रावण २०७७ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App