coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

भानु जयन्तीको अवसरमा बालकविता प्रतियोगिता हुँदै

पोखरा सेकेन्डरी स्कुल, पोखराले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगितामा शैक्षिक सत्र २०७६ मा  एसइई.सकेका विद्यार्थी सहभागी हुन पाउने छन् । पोखरा सेकेन्डरी स्कुलले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी हुन अपिल गरेको छ ।

आयोजक  पोखरा सेकेन्डरी स्कुलका अनुसार कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ भने   कविताको शीर्षक र विषयवस्तु प्रतियोगी स्वयम्ले छनोट गर्न सक्नेछन् । कविता (विद्यार्थीहरु) प्रतियोगी स्वयम्ले  लेखेको हुनुपर्ने छ । कविता कुनै पनि जाती, धर्म, संस्कृति, भेषभूषा तथा रास्ट्रियतामाथि आक्षेप नलाग्ने खालको हुनुपर्नेछ । प्रतियोगीले रचना गरेको कविताको पाठ र वाचन गरेको भिडियो पठाउनु पर्नेछ । वाचन गरेको भिडियो बढीमा चार मिनेटसम्मको हुनुपर्नेछ । कविता मिति २०७७ असार २५ गते भित्र पठाइसक्नुपर्नेछ ।

पोखरा सेकेन्डरी स्कुलका कार्यक्रम संयोजक शिब त्रिपाठीले भने,  ‘लकडाउनको समयमा सबै भन्दा सक्रिय र क्रियाशील साहित्य क्षेत्र रह्यो । सिर्जनशील विद्यार्थीलाई पनि  कविता लेखनमा संलग्न गराउन सकियो भने उनीहरुको प्रतिभाले अझ विकसित हुने अवसर पाउछ ।’ उनले थपे ‘एसइई.२०७६ नहुने भएपछि  यी  विद्यार्थीहरु एक किसिमको फूर्सदको अवस्थामा छन् । विद्यार्थीहरुलाई कुनै न कुनै सिर्जनात्मक क्रियाकलापमा आफ्नो क्षमता प्रदर्शन गराउने प्रयास स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको हो । ’ असार २९ गते भानु जयन्ती भएकाले कविता प्रतियोगिता गर्न लागिएको आयोजकको भनाई छ ।  

पोखरा सेकेन्डरी स्कुलका प्रिन्सिपल नारायण न्यौपाने भन्छन्, ‘निर्णायक मण्डलले दिएको अङ्कका आधारमा उत्कृष्ट ५ वटा कवितालाई पुरस्कार प्रदान गरिनेछ । सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी हुन कुनै किसिमको दर्ता शुल्क लाग्ने छैन । असार २९ गते (भानु जयन्ती )का दिन नतिजा प्रकाशन गरिनेछ । परिस्थिति सामान्य भएपछि कार्यक्रम गरी पुरस्कार वितरण गरिने ।’ उनका अनुसार जन्मजयन्तीका अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिता कविता pass.principal1@gmail.com र WhatsApp and Viber :9846281908 मा पठाउन सकिनेछ ।

 

प्रकाशित: १६ असार २०७७ १६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App