२३ असार २०७७ मंगलबार
कला

तापिरिचा माविको सन्देश

फोक्सुन्डो काव्य यात्रा

डोल्पाको तापिरिचा मावि । तस्बिरः अमृत भादगाउँले

बिहान आँखाको ढकनी खुल्दा हिउँचुलीमा घामका किरणहरू टल्किन थालिसकेका थिए। रिग्म गाउँमा बास बसेको हाम्रो समूह सबेरै फोक्सुन्डो ताल नजिकै रहेको थासुङ छोलिङ गुम्बातिर लम्कियो। अघिल्तिर ठिङ्ग उभिएका हिमालहरू आफ्ना रूपौला अनुहारका छायाँ फोक्सुन्डोमा पर्दा दङदास देखिन्थे, ‘आफ्नै रूप हेरीहेरी आफै हुन्छु दङ्ग’ भनेझैं। तालमा फैलँदै गरेका मदमस्ती लहरहरू उस्तै भव्य र आकर्षक।  

तालको किनारैकिनारको गोरेटो बाटो। हिँड्दैहिँड्दै तालको पवित्रता नियालि बसेको गुम्बातिर लम्कनुको छुट्टै मज्जा। वर्णन गरी नसक्नुको आनन्दमय आभास। अपार प्राकृतिक सौन्दर्य र आकर्षण। गुम्बा पुग्दा त्यहाँको प्राचीनता स्वयंले धेरै कुरा बोलिरहेको जस्तो महसुस हुने। तिब्बती भाषामा पारङ्गत गुम्बाका लामाहरू नेपाली राम्रो बोल्न पनि जान्दैनथे, तैपनि मज्जैले गफियाँै केही बेर हामी। बोन समुदायबारे केही बुझ्ने मौका पाइयो।

फोक्सुन्डो ताल 

आकाशको छायाँ खेलाइ बस्ने नीलो न नीलो विशाल फोक्सुन्डो ताल। त्यहाँबाट निस्केको पानी अन्दाजी दुई किलोमिटर जति बगेपछि पहराबाट हाम्फाँदै खस्छ छङ्छङ्उँदै। यसरी खस्ने क्रमको तीव्र निरन्तरताको उपजस्वरुप बन्छ मोहनी रूपको सेतो झरना।

हिमालय क्षेत्रकै पुरानो धर्म बोन। धेरै बोन धर्मावलम्बीको बसोबास भएकाले डोल्पालाई ‘ल्याण्ड अफ बोन’ भनिन्छ। प्राणीहितमा आधारित प्रज्ञा र करुणायुक्त मार्ग अपनाउने यस धर्मका प्रवर्तक हुन्, तोन्पा शेन्राव मिवो। उनका उपदेशका १४० पुस्तक छन् भन्ने सुनियो, जसलाई युङढुङ बोनको काङ्ग्युर भनिँदो रहेछ। आस्था आआफ्ना। मन्त्रमय ध्वनि ध्वनित हुन्छ, आस्थावान् आत्माबाट। बोन धर्म मान्ने बोन्पोहरू माने घुमाउँदा ‘ओम मा ट्री मु ये सा ले दु’ भन्दा रहेछन्। ठाउँठाउँमा बोन्पो गुम्बा छन् डोल्पामा।  

दीपेन्द्रसिंह थापा

फोक्सुन्डो किनारमै टुसुक्क बसेको छ गुम्बा । थासुङ छोलिङ नामले चिनिन्छ यो प्राचीन गुम्बालाई । कुराकानीका क्रममा यसै गुम्बामा बस्दै आएका लोटोइ लामाले हामीलाई गुम्बाको ऐतिहासिक चिनारी दिलाए। प्राचीन समयमा यो गुम्बा भएको कुनो सिकारीको क्रीडास्थल थियो रे! नजिकैका जङ्गलबाट जनावरहरू जब यो तालमा पानी पिउन पुग्थे, तब ढुकेर बसेका सिकारीले छोपिहाल्थे। यी निरीह जनावरलाई जोगाउनकै लागि लामा टेतन छेवाङ छुल्डिमले त्यही ठाउँ रोजेर बनाए गुम्बा र नाम राखिदिए–थासुङछोलिङ गुम्बा। यसको अर्थ हुन्छ, सिकारीहरूबाट जनावरलाई जोगाउन स्थापना गरिएको गुम्बा। त्यसपछि त्यहाँ कुनै जङ्गली जन्तुको आर्तनाद सुन्नु परेन। न त सल्बलाए कुनै हिंस्रक परिदृश्यको छायाँ नै।  

आफ्नो मुखाकृति चम्काउँदै लामाले थपे, ‘सबै प्राणीलाई दुःखबाट बचाउनु नै युङढुङ बोन धर्मको विशेषता हो।’  

त्यसै बिहान फर्कनु पर्ने समयसीमाको राम्रै हेक्का थियो हामीलाई। र त गुम्बाका लामासँगको कुराकानी छोट्याइयो। केही बेरमै हामी बास बसेको रिग्म गाउँ फर्कियौँ। जाँदा प्रयोग गरिएकै बाटो ताल किनारको। गहिरो, नीलो र विशाल ताल उसैगरी रोचकता फैलाउँदै थियो परपरसम्म। अघिल्तिरका चट्टाने पहाड र सेता हिमालको प्राकृतिक भव्यता उस्तै। बास बसेकै होटलमा बिहानको खाजा टन्न खाएपछि भन्यौ, ‘बाई बाई फोक्सुन्डो, समयले साथ दिए फेरि भेटौला ल!’  

‘आफ्ना पाहुनालाई त्यत्तिकै कहाँ पठाउँछाँै हामी’ भन्दै  फर्कने बेला होटल साहु  र उनकी पत्नीले सम्मानसूचक विदाइको खादा ओढाइदिए। त्यतिबेला मुखमा औँला कोचिरहेको उनीहरूका दुईवर्षे छोराको क्रियाकलाप अभैm हेर्नलायक लाग्थ्यो। एउटा खुट्टा उचाल्दै ‘जिन्दावाद! जिन्दावाद!’ पो भन्छ ऊ त। छक्क नपर्नुपर्ने कारण नै थिएन। हाँसोका लहर दौडिए सबैका अनुहारमा। एकाएक थप उज्यालिए अनुहारहरू। सायद यस्तै दुईचार जना मान्छे जम्मा हुँदा यी शब्द उच्चारण गर्नुपर्छ भन्ने उसले सिकेको रहेछ भन्ने लाग्यो। खूब घत लाग्छ बालबालिकाका यस्ता कुराले। हुन त अनुकरणशीलता पनि एउटा गज्जबको स्रोत हो सिकाइको।  

जाँदा फोक्सुन्डो नजिकैको झरनाको उकालोले सबैको नौनाडी गलाएको थियो। म पनि फतक्कै गलेको थिएँ, थकाइले चुर हुँदै। फर्किँदा भने त्यति धेरै थाकिएन। ओरालो बाटोमा अगाडि लागेर लुइँका लुइँ बत्तिए सागर उदास दाइ। आधी घण्टा जतिमा हामी फोक्सुन्डो झरना नजिकको भ्यु टावर आइपुग्यौँ र, जाँदाखेरीजस्तै त्यहाँका मनमोहक दृश्यलाई तस्बिरमा कैद गर्न अग्रसर भए साथीहरू। गहिरो खोँचमा बजारिएपछिको झरनाको छङछङ आवाज। त्यसकै लयसँगै मिसिएर आइपुग्ने चिसो बतासले छिनभरमै सुकाइदिन्छ शरीरमा बुर्बुराएका सबै पसिना।

रिग्म गाउँका मानेहरू

शिक्षासेवी सेम्दुक लामाको अगुवाईमा खोलिएको तापिरिचा मावि डोल्पाकै नमूना विद्यालय रहेछ। शिक्षकविद्यार्थीका लागि आवासिय सुविधा छ। यहाँ वर्षका आठ महिना मात्र पढाइ हुन्छ। कक्षा १० का विद्यार्थीलाई भने बिदा दिइँदैन। उनीहरूलाई चाहिँ मंसिरदेखि चैत नलागुन्जेलसम्म काठमाडौँ लगेर पढाइँदो रहेछ।  

केही पर अग्लाइमा रहेको छ आकाशको छायाँ खेलाइ बस्ने नीलो न नीलो विशाल फोक्सुन्डो ताल। त्यहाँबाट निस्केको पानी अन्दाजी दुई किलोमिटर जति बगेपछि पहराबाट हाम्फाँदै खस्छ छङ्छङ्उँदै। यसरी खस्ने क्रमको तीव्र निरन्तरताको उपजस्वरुप बन्छ मोहनी रूपको सेतो झरना।

झरनाभन्दा वल्लो पाखाबाट झर्ने बाटो छ, ठाडै ओरालो। उक्लँदा गाह्रो भएको कुरा सम्झिदै ओर्लंदा पनि होसियारीपूर्वक हिँडियो। निकै अप्ठेरो गोरेटो। हिँड्दा शरीरको सन्तुलन मिलाउनै धौधौ। चिप्लिनबाट जोगिन नै हम्मेहम्मे।  

‘ओरालो स्वयंले ओराल्न मद्दत गरेजस्तो छ,’ ओर्लँदा हिँडाइको गति केही छिटो भएपछि नजिकैका साथीसित कोही फुसफुसाएको सुनियो। केही बेर कस्सिएर हिँडेपछि चुनवारको झरना होटल पुग्छौँ, जहाँ हामी माथि तालतिर उक्लने क्रममा एक रात बास बसेका थियौँ। त्यहाँको बसाइ र खुवाइपियाइको हाम्रो समूहका कसले पो तारिफ गरेन र? अत्यन्त आनन्ददायक आतिथ्य सत्कार। ठाउँको नाम चुनवार भए पनि त्यही होटलको प्रसिद्धिकै कारण त्यो ठाउँलाई नै अचेल झरना पनि  भनिँदो रहेछ। फोक्सुन्डो तालको बेस क्याम्प हो यो ठाउँ। धेरैजसो पर्यटक यहीँ एक रात बास बसेर उँभो लाग्ने गर्दारहेछन्।

झरनाबाट केही बेरमै पुगियो  साइजल। डोल्पाकै पुङ्मो गाउँका शिक्षासेवी  सेम्दुक लामा हामीसँगै फर्किरहेका थिए । तापिरिचा एसोसिएसन फर सोसल हेल्प इन डोल्पा नामक संस्थामा सक्रिय छन् उनी। उनले यसै संस्था मार्फत साइजलमा एउटा नमूना विद्यालय चलाउन योगदान प¥ुयाएका छन्, तापिरिचा माध्यमिक विद्यालय।  

तापिरिचाका विद्यार्थी

विद्यालय भवनको दक्षिणपट्टि अग्लाअग्ला चट्टाने पहाड, उत्तरपट्टि फोक्सुन्डो खोला गड्गडाएर बगेको दृश्य। माथि छाँगाबाट झरुन्जेल फोक्सुन्डो झरना। बग्न थालेपछि फोक्सुन्डो खोला। स्रोत चाहिँ उही शिरानको फोक्सुन्डो ताल।  पहाडको काखमा कतैकतै मात्र देखिन्छन् पातलापातला मानवबस्ती।  

बोन धर्मका गुरुको नाम हो, तापिरिचा । उनलाई बोन्पोहरू (बोन धर्मावलम्बीहरू) ज्ञानको प्रतीक मान्छन्। तिनै श्रद्धाका पात्रका नामबाट विद्यालय सञ्चालित छ, तापिरिचा मावि।

फोक्सुन्डो पदमार्गमा हिँड्नेले बाटोबाटै देख्छन् विद्यालय। शेफोक्सुन्डो गाउँपालिकाको वडा नं. ८ को विकट गाउँमा रहेको यस विद्यालयमा आवासीय सुविधा समेत रहेछ, शिक्षकविद्यार्थीका लागि। यहाँ आठ महिना मात्र पढाइ हुन्छ। हिउँले ढाकिने हुनाले जाडो यामका चार महिना बिदा। कक्षा १० का विद्यार्थीलाई भने बिदा दिइँदैन। उनीहरूलाई चाहिँ मंसिरदेखि चैत नलागुन्जेलसम्म काठमाडौँ लगेर पढाउने प्रबन्ध मिलाइँदो रहेछ। डोल्पाका अन्य विद्यालयका तुलनामा थप सुविधा पाएका रहेछन् यहाँका विद्यार्थीले।

‘विसं २०६५ देखि एसएलसी परीक्षामा सामेल हुन थालेका यहाँका विद्यार्थीले राम्रो अङ्क ल्याएर उत्तीर्ण हुँदै आएका छन्। यहाँ विद्यालय जीवन बिताएर नेपालगञ्ज र काठमाडौंमा माथिल्ला कक्षा पढेका कतिपय डोल्पामै फर्केका छन्। कोही शिक्षक बनेका छन् त केही अन्य पेसाव्यवसायतिर जमेका भेटिन्छन््,’ सेम्दुक प्रफुल्ल देखिए यस विकट गाउँमा पढ्नेका प्रगति सुनाउँदा। मनमा लाग्यो, तापिरिचाको ज्योतिले  उज्यालिन थालेको छ गाउँबस्ती।

स्थानीय अग्रजहरूको पहलमा विसं २०५४ सालमा स्थापित भएको रहेछ विद्यालय। प्रयास गरे के असम्भव रहेछ र? भौगोलिक विकटताले छेक्न सक्दोरहेनछ सत्कर्ममा लागेका हातहरूलाई। विद्यालय व्यवस्थित छ, जहाँ गुम्बा, खेल मैदान, पुस्तकालय, कक्षाकोठा, छात्रावासलगायत संरचना छन्।

तापिरिचा मावि विभिन्न कोणबाट नमुना लाग्यो मलाई। यहाँ नेपाली, अंग्रेजी र भोटे(तिब्बती) भाषामा पढाइ हुन्छ। पढाइ मात्र कहा हो र? विद्यालय हाताको गुम्बामा बिहानबेलुका विद्यार्थीलाई ध्यान पनि गराइन्छ।    

तापिरिचा मावि विभिन्न कोणबाट नमुना लाग्यो मलाई। यहाँ नेपाली, अंग्रेजी र भोटे(तिब्बती) भाषामा पढाइ हुन्छ। पढाइ मात्र कहा हो र? विद्यालय हाताको गुम्बामा बिहानबेलुका विद्यार्थीलाई ध्यान पनि गराइन्छ भन्ने सुन्दा छक्क परिन्छ।  

हिमाली भेकको विकट गाउँमा आवासीय विद्यालय सञ्चालन गर्नु पक्कै सजिलो काम थिएन। तैपनि प्रयास जारी राखे गाउँका अगुवाले। पवित्र उद्देश्यका लागि पहल जारी राखे सहयोगी हातहरूलाई भूगोलका सीमा र प्रतिकूलताहरूले पनि कहाँ छेक्न सक्दोरहेछ र? निजी स्रोतका शिक्षक र कर्मचारीका तलबका साथै भवनहरू बनाउन भावनाले जोडिएको नाता काम लाग्यो। विदेशी शुभेच्छुकहरूले पनि मन फुकाएर होस्टेमा हैँसे गरेका रहेछन् र यो उज्यालो फैलाउने अनुष्ठान सम्भव हुनसकेको देखियो।

आवासीय सुविधाका कारण विद्यार्थीहरू विद्यालयमै खाना खान्छन्। त्यहीँ पढ्छन् र बस्छन्। विद्यालयले प्रतिविद्यार्थी वार्षिक १७ सय रूपैयाँ नगद, ७० किलो चामल, १० किलो मकैको पिठो, १० किलो फापरको पिठो, डेढ किलो घिउ र १ किलो नुन उठाउँछ। बाँकी खानेकुरा, शैक्षिक सामग्री आदि विद्यालयले नै व्यवस्था गर्छ।  

बोन धर्मा प्रवर्तक शेन्पा तोन्राव मिओ 

एउटा सामुदायिक विद्यालयलाई आवासीय ढाँचामा सञ्चालन गर्ने कामको अगुवाइ गर्ने भूमिका शिक्षासेवी सेम्दुक लामाले नै निर्वाह गर्दै आएका छन्। विद्यालयको विकासमा स्थापित ‘तापिरिचा एसोसियसन फर सोसल हेल्प इन डोल्पा (टासी डी)’ नामक संस्था उत्तिकै सक्रिय नै छ अभैm। स्विट्जरल्यान्डको ‘तापिरिचा भेहराइन’ र अमेरिकाको ‘फ्रेन्ड्स अफ डोल्पा’ को माया र साथ उस्तै जीवन्त छँदैछ।

सजिलै नमुना बनेको त कहाँ हो र तापिरिचा? गज्जबको कथा छ यसको पनि।  

फोक्सुन्डो त्यही पवित्र र आकर्षक ताल हो, जसको उत्तर किनारामा बोन धर्मगुरु तापिरिचाले तपस्या गरेर ज्ञान प्राप्त गरेका थिए। बोन धर्मका प्रवर्तक तोन्पा सेन्राव मिवोले १८ हजार वर्षअघि बोन धर्मको सुरुआत गरेको बताइन्छ ।  

भोट हुँदै नेपालको हिमाली क्षेत्रमा फैलिएको यही बोन धर्मबारे अनुसन्धान गर्ने क्रममा मारियट्टा र क्याथ्रो नामका दुई विदेशी डोल्पाको रिग्म गाउँ पुगका रहेछन्। त्यसबेला सेम्दुक लामा फोक्सुन्डो ताल नजिकैको रिग्म गाउँमा सानो पसल गरेर गुजारा चलाउँथे। मारियट्टा, क्याथ्रो र सेम्दुकको भेट एउटा सुखद संयोग बन्यो। लामाले उनीहरूको अनुसन्धानका निम्ति सक्दो सहयोग गरे। उनीहरू आफ्नो शोधकार्य सकेर फर्किने समय नजिकिइरहेको थियो। त्यति बेला सेम्दुक लगायतका गाउँलेसित यी दुई विदेशी नागरिकले गाउँको निम्ति केही सहयोग गर्न चाहेको बताएछन्। तर, के सहयोग माग्ने? सुरुमा अलमलमा परे उनीहरू। त्यतिबेलासम्म डोल्पाको धोतराप उपत्यकामा मारियट्टा र क्याथ्रोजस्तै विदेशीले खोलिदिएको व्यवस्थित विद्यालय क्रिस्टल माउन्टेन सञ्चालनमा आइसकेको थियो। उनीहरूले सोचे, आफ्नो गाउँमा पनि त्यस्तै विद्यालय जरुरी छ।  

‘गाउँमा विद्यालय खोल्न उहाँहरूसँग आग्रह ग¥यौँ,’ लामाले विगत खोतले, ‘उनीहरू सघाउन तयार हुँदा खुसीको सीमा रहेन।’

सुरुमा  विद्यालय बनाउन सहयोग गर्ने वचन दिएर मारियटा र क्याथ्रो आआफ्ना देश फर्केका थिए। उता फर्केर उनीहरूले विद्यालयका लागि सहयोग कोषको स्थापना गरे। थोपाथोपा गरेर नदी बन्छ भनेझैँ कोषमा पचास, सय डलर गर्दै रकम जम्मा हुनथाल्यो। मारियटाले स्विजरल्यान्डमा ‘तापिरिचा भोरोइन’ र क्याथ्रोले अमेरिकामा ‘फ्रेन्डस अफ डोल्पा’ मार्फत रकम सङ्कलन गरे। यता सेम्दुक लामा, रामचन्द्र बूढालगायत स्थानीयले पनि ‘तापिरिचा एसोसिएसन फर सोसल हेल्प इन डोल्पा’ नामक सेवामूलक संस्था स्थापना गरिसकेका थिए।  

तापिरिचा माविको आँगनमा त्यस दिन विद्यार्थीहरूसँग बिताएका पलहरु झलझली आँखामा बोकेर फर्कियौँ हामी। त्यहाँ पैदा भएको सिर्जनात्मक झङ्कारले हाम्रा हिँडाइमा ऊर्जा थपेको अनुभूति भयो।

बोन धर्मसँग सम्बन्धित उनीहरूले बोन धर्मगुरुको नामबाट नै संस्थाको गतिविधि सुरु गर्ने निर्णय गरे। आफ्नो धर्म र धर्मगुरुप्रति समर्पणभाव कसलाई पो हुन्न र?  संस्थाको नाम मात्रै तापिरिचा राखिएन । विद्यालयको नाम समेत आफ्ना धर्मगुरुको नामबाटै राखियो, तापिरिचा प्रावि। त्यही बालक तापिरिचा प्रावि नै हुर्कीबढेर आजको लाठे तापिरिचा मावि भएको हो।

अहिले तापिरिचा नामबाट चिनिएको विद्यालय पुनिखा गाउँबाट साइजलमा सारिएको थियो। पहिला त्यसको नाम पनि अर्कै थियो, सरस्वती प्रावि।

सुरुवाती दिनमा आवासीय विद्यालय चलाउने कुरा गाउँलेले पत्याएनन्। आफ्नै गाउँ पुग्मोका १५ विद्यार्थी लिएर सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको सुम्दुवामा अवस्थित खाली भवनमा मुस्किलले विद्यालय सुरु गरिएको थियो। त्यतिबेला एक शिक्षक, भान्छे र सहयोगी आमा लिएर विद्यालय चलाइएको सम्झना ताजै छ सेम्दुक लामासित।  

थहा भएकै कुरा हो, मिहिनेतको फल मिठो हुन्छ। उनीहरूले पनि निकै मिहिनेत गरे। विद्यालयले ख्याति कमाउँदै गयो। त्यसैले तापिरिचामा पढ्न चाहनेको धुइरो लाग्न थालेको छ अचेल।  

विद्यालयको प्रवेश परीक्षामा सफल हुनेहरू वैशाख पहिलो सातादेखि नै विद्यालयमा बस्न थाल्छन् । सबै विद्यार्थी विद्यालयको आचारसंहिताभित्र बस्छन्। विद्यार्थीको प्रतिभा प्रस्फुटन र उन्नयनका लागि विद्यालयले विविध सिर्जनात्मक क्रियालकलापमा समेत सहभागी गराउँछ।  

हामीलाई पनि आआफ्ना सिर्जनात्मक प्रस्तुतिका लागि अनुरोध गरियो । भुपिन, अभय श्रेष्ठ, हेमन थात्री, हेमन्त विवश, सागर उदास र गणेश पौडेलले जोडदार सिर्जना पस्किए। त्यही मौकामा मैले पनि सुनाएँ ‘माटो र मान्छे’ शीर्षकको एउटा कविता।

उनीहरू कविता लेख्छन्, गीत लेख्छन्, गाउँछन् । नृत्य, खेलकुद, ध्यान सबैतिर अग्रसर बन्छन्। हरेक शुक्रबार सञ्चालन गरिने अतिरिक्त क्रियाकलापले सिर्जनात्मक ऊर्जा थपिदिन्छ । कोही विद्यालयको पुस्तकालयमा आफ्नो रुचिअनुसारका पुस्तक पढ्न तल्लीन भेटिन्छन्।  

तापिरिचा माविको आँगनमा, फोक्सुन्डोबाट फर्किंदा हाम्रो निम्ति विद्यालयले गरेको छोटो स्वागत कार्यक्रमको सन्दर्भलाई पनि एउटा उदाहरणका रुपमा लिन सकिन्छ ।

त्यहाँका विद्यार्थी र शिक्षकसामु हामीले सिर्जना सुनाउने, विद्यार्थीका पनि प्रतिभा र प्रस्तुतिहरु हेर्ने कार्यक्रम गरिएको थियो। माथि तालको विचरण गर्दैखेरि सेम्दुक लामाले यो प्रस्ताव राखेका थिए। लेखक र पत्रकारको समूह आउने खबर पाएर हामीलाई अधीरतापूर्वक प्रतीक्षा गरिरहेका रहेछन् विद्यार्थी र शिक्षकहरूले।  

प्रतिभाशाली विद्यार्थीहरूले रचना गरेको गीत, कविता सुन्दा र नृत्य हेर्दा कम्ती मज्जा आएन। यात्राको सबै थकान नै गायब भयो तापिरिचाको आँगनमा ।  

हामीलाई पनि आआफ्ना सिर्जनात्मक प्रस्तुतिका लागि अनुरोध गरियो । भुपिन, अभय श्रेष्ठ, हेमन थात्री, हेमन्त विवश, सागर उदास र गणेश पौडेलले जोडदार सिर्जना पस्किए। त्यही मौकामा मैले पनि सुनाएँ ‘माटो र मान्छे’ शीर्षकको एउटा कविता।

हाम्रो घुमफिरे टोलीमै सहभागी कलाकार कृष्ण नेपालीले रङ्गहरुका भाषा र भावबारे केही प्रस्ट्याउने कोसिस गरे। उदाहरणीय यस विद्यालयबारे आलेख सामग्री तयार गर्ने हडबडीमा डुब्दै थिए पत्रकारहरु अमृत भादगाउँले, चन्द्र काफ्ले र कमल खत्री ।

कार्यक्रम सकिएपछि विद्यार्थी र शिक्षकले हाम्रा यात्रा र लेखनका विषयमा चासो राखेर सोधपुछ गरे। छोटो तर रोचक कुराकानी भयो। हामीलाई साँझसम्ममा स्याङ्ता पुग्ने हतारो थियो त्यस दिन। जति हतार गरे पनि चियाखाजा नखाई हिँड्न पाएको भए पो!  

तापिरिचा माविको आँगनमा त्यस दिन विद्यार्थीहरूसँग बिताएका पलहरु झलझली आँखामा बोकेर फर्कियौँ हामी। त्यहाँ पैदा भएको सिर्जनात्मक झङ्कारले हाम्रा हिँडाइमा ऊर्जा थपेको अनुभूति भयो। तलतल झर्दै गरेको फोक्सुन्डो खोलाको डिलैडिल आआफ्ना लयमा बत्तिरहे खुट्टाहरू।  

ध्याउन्न थियो सबैको साँझ बास बस्न स्याङ्ता पुग्ने। सोच्दै थिएँ म, ‘यसरी नै हिँड्नु र हिँडिरहनुमा जस्तो रङ, लय र विविधताको सुसेली अन्त कतै भेटिन्छ र?’

फोक्सुन्डो काव्य यात्रा २०७६ का पदयात्रीहरू

प्रकाशित: १३ असार २०७७ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App