२२ असार २०७७ सोमबार
कला

पुवार

कथा

पानोको स्तन निचोर्दा दूधको सिर्का छेदिलालको अनुहारमा प¥यो । पानो अर्धचेतको त्यो समयमा पुगेकी थिइन्, जुन समयमा उनले आफ्नो घर, परिवार र लोग्ने सबैलाई बिर्सेकी थिइन् । उनले सम्झिरहेकी थिइन्, केवल छेदिलालको स्पर्श र प्रेम । अर्धनग्न लेलही छेदिलालको स्पर्शले शिथिल भएकी थिइन् । पानोको स्तनबाट निस्केको दूधको सिर्का छेदिलालको अनुहारमा परेकाले बायाँ हातले अनुहार पुछ्दै उनले पुवार (पराल) मा हात पुछे । उनले पानोको छाती थुमथुम्यायो । छाती थुमथुम्याउँदा छातीको स्पन्दन हेरेर छेदिलालको जिउ सिरिङ भयो । छेदिलालको अनुहारमा परेको दूधको सिर्का उनले जिब्रोले थोरै चाटे । उनलाई दूध कस्तो–कस्तो लाग्यो । उनले मुख बिगार्दै पानोतिर हेरे । पानो मुसुक्क हाँसिन् । उनले छेउमा थुक्दै पानोको ओठमा म्वाइ खाए । पानोले आँखा बन्द गरिन् । अर्धनग्न पानोका दुई गोरा स्तन अक्षीण र आकर्षक देखिएका थिए । पानो बच्चालाई दूध खुवाउने आमा भएकीले अलि ढल्केको पनि देखिन्थ्यो उसको छाती ।  

पानोका ढल्केका अक्षीण र आकर्षक छाती देखेपछि छेदिलालका जिउभरि अनौठो ऊर्जा थपियो । उनको जिउमा रक्तसञ्चार भएको सजिलै देख्न सकिन्थ्यो, राता ओठ हेरेर । काम्न थाले उनका हातहरू । निःसन्देह कामेको थियो, उनको पूरै जिउ पानोको यौवन देखेर । उनका हातहरू यसरी कामेका थिए कि पानोको अंगअंग नचलाईकन शान्त हुनै नसक्ने स्थितिमा उनी थिए । उनको सासको गति तीव्र थियो । अनौठो आवेगले पानो उनको पिठ्युँमा चिमोटिरहेकी थिइन् । उनका राता ओठ हेरेर पानो कामातुरले छटपटाइरहेकी थिइन् । पानोको पिठ्यँुमा पुवार बिझिरहेको थियो । उनले पटकपटक पिठ्युँ कन्याउँदै जिउ कुपार्दै छेदिलालको ओठमा ओठ राखिरहेकी थिइन् । पुवार बिझे पनि उनी हराएकी थिइन्, केवल छेदिलालको लदाबन्दी प्रेममा । 

पानोका ढल्केका अक्षीण र आकर्षक छाती देखेपछि छेदिलालका जिउभरि अनौठो ऊर्जा थपियो । उनको जिउमा रक्तसञ्चार भएको सजिलै देख्न सकिन्थ्यो, राता ओठ हेरेर । काम्न थाले उनका हातहरू । निःसन्देह कामेको थियो, उनको पूरै जिउ पानोको यौवन देखेर । उनका हातहरू यसरी कामेका थिए कि पानोको अंगअंग नचलाईकन शान्त हुनै नसक्ने स्थितिमा उनी थिए । 

पानोको यौवनमा हराएका छेदिलाल फेरि पानोका छाती दुवै हातले चलाए, तर योपल्ट अलि सचेत भएर । अनुहार छेउतिर फर्काए । दूधको सिर्का फेरि माथिमाथि उछिट्टियो । पर फालिएको ब्लाउज छेदिलालले तानेर ल्याए । दूधको सिर्का उछिटिएको देखेर स्तनमाथि  ब्लाउज राखे । ब्लाउज राखेर उनका छातीहरू चलाउन थाले । जति उनका छातीहरू चलाउन थाले, त्यति नै पानो छटपटाउन थालिन् । पानोलाई छेदिलाल स्निग्ध लाग्यो । उनले दुवै खुट्टा छेदिलालको खुट्टामा बेरिन् । मुखबाट तातो थुक र नाकबाट तातो सास निस्किरहेको थियो । थर्थराइरहेको थियो पानोको ओठ र कामिरहेको थियो छेदिलालको जिउ ।  

छेदिलालको अनुहारतिर पानोले हेरिन् । चुच्चो नाक, फराकिलो निधार, झ्याप्प दारी–जुँगा, लाम्चो, खुसमिजाज अनुहार र मिलेका दाँत भएका छेदिलालको अनुहार हेरेर उनी आकर्षित भइन् । चौडा छाती, पुष्ट जिउ, बलिष्ठ हातखुट्टा भएका छेदिलालले पानोको ओठमा ओठ राखे । अनौठो तिर्खाले व्याकुल पानो छेदिलालका बलिष्ठ पाखुराहरूमा हात डुलाउन थालिन् । गोरी, पुष्ट जिउ, लामो कपाल र जवानीको गहिराइबाट बाहिर ननिस्केकी पानोको स्पर्शले छेदिलालको होस हरायो । पानोका दुई आकर्षक स्तन नदेखीकन उनलाई धरै भएन । पानोको छातीमाथि भएको ब्लाउन देवनले फेरि पर फाले ।

जुनेली रातमा छेदिलालको अनुहारबाट पसिना तपतप चुहिरहेको थियो । धड्किरहेको थियो, दुवैको धडकन बेजोडले । आफ्नो खुट्टामा पानोले खुट्टा बेरेको देखेर छेदिलालले आफूलाई रोक्न सकेनन् । उनी पानोको खुट्टाबाट आफ्नो खुट्टा छुटाए । पानोको सारी र पेटिकोट फुकाले । पानो लमतन्न पुवारमा पल्टिरहेकी थिइन् । नांगिएकी पानोको बस्ती देखेर छेदिलालको जिउभरि थप ऊर्जा सञ्चार भयो । पानोको जिउमा खप्टेर छाती फेरि निचोर्न थाले । दूधको सिर्का छेदिलालको अनुहारमा प¥यो । छेदिलाललाई योपटक वास्ता लागेन । पानोको सारीमा अनुहार पुछ्दै उनले पानोको मुखमा मुख जोडे । यदृच्छयाले छेदिलालको स्पर्शमा डुबेकी पानोको मुखबाट आह र उहुँ आवाज निस्किन थाल्यो । उनको मुखबाट आवाज निस्केको सुनेर छेदिलाल इशारामा पानोलाई भने, ‘मान्छेले सुन्छ । आवाज ननिकाल् ।’  

पानो छेदिलालको आवाज सुनेर नियन्त्रित भइन् तर छेदिलाल पानोको अंगअंग निचोर्न छोडेनन् । छेदिलालले आफ्नो अंगअंग चलाइरहँदा उनले फेरि आफूलाई नियन्त्रण गर्न सकिनन् । फेरि उही आवाज– आह, उह !  

छेदिलाल पानोको जिउमाथि खप्टिए र मुखमा मुख राखे । पानोको आवाज बन्द भयो । उनले छेदिलालबाट यथेष्ट प्रेमको अनुराग पाइन् ।  उनले कसेर मुठीभरि पुवार समातिन् । छेदिलाल उनको जिउमाथि जति उफ्रन्थे, त्यति नै कसेर पानोले पुवार मुठ्ठीभरि समात्थिन् ।  

देवनको दारी–जुँगाले घोच्दा पानो हाँस्न खोज्थिन् तर हाँस्न सक्दिनथिन् । छेदिलाल पानोको  जिउमा जति उफ्रन्थे, त्यति नै पराल खरखर खरखर बोलिरहेको थियो । पानोको छातीबाट सबै दूध निस्कियो । उनले एक वर्षकी छोरीलाई सम्झिन् । छोरीलाई दूध खुवाउने वेला हुँदै थियो । त्यही कुरा सोच्दै उनी परालको माचतिर हेर्न थालिन् । उनको ध्यान अन्तै केन्द्रित भएको थाहा पाएर छेदिलाल उनको अनुहार मुसार्न थाले । पानोको ध्यान छेदिलालतिर गयो । छेदिलाल तीव्र प्रवेगले छटपटाउँदै पानोको जिउमा लछारपछार गर्न थाले । उनीहरूका रोधक कोही थिएनन् । पानो उनको स्पर्श सहन सकिनन् । उनले छेदिलालको ओठमा बेस्सरी टोकिन् । त्यही टोकाइले छेदिलाल फलिभूत भए । मानाँै उनलाई सबैथोक पुग्यो । उनले रोमहर्ष प्राप्त गरे । उनले लामो सास तान्दै पूरै हातखुट्टा फालेर आनन्द र सन्तुष्टिको सास ताने । उनको जिउ शिथिल भयो । सबै ऊर्जा क्षीण भयो ।  

तर पानो सन्तुष्ट भइनन् । पानो छेदिलालको पिठ्यँुमा नङले कोपर्न थालिन् । उनले छेदिलाललाई यति जोरले टोकेकी थिइन् कि टोकाइ सहन नसकेर छेदिलालले उनलाई सन्तुष्ट पार्न सकेनन् । आफू मात्र सन्तुष्ट भए । उनले छेदिलाललाई छोड्न मानेकी थिइनन् । घरबाट छोरी रोएको आवाज आइरहेको थियो । बच्ची रोएको आवाज सुनेर उनकी सासू घरबाट कराइन्, ‘कतिबेरसम्म दिसा गरेर फर्किन्छेस् बुहारी ?’  

सासूको आवाज सुनेर पानोको सातोपुत्लो उड्यो । दुवैजना उठेर हतार हतार लुगा लगाए । पानोको जिउ डरले लगलग कामिरहेको थियो । ब्लाउज लगाइन् । पेटिकोटको डोरी बाँधेर सारी लगाइन् । त्यतिवेलासम्म छेदिलाल सबै लुगा लगाइसकेका थिए । पानोको अनुहार असन्तुष्ट देखिन्थ्यो तर छेदिलालको अनुहार सन्तुष्ट ।  पानोलाई सन्तुष्ट पार्न नसकेकोमा छेदिलाल उदास थिए ।  

पानोको टालबारी (टौवाबारी) मा पुवारका चारओटा ठूला र साना माच थिए । ठूला माचको छेउमा कसैले नदेख्ने गरी पानो र छेदिलाल सानो पुवारको माचलाई कानन बनाएका थिए । पानोको सारीमा पुवारहरू टाँसिएको थियो । पुवार सारीमा टाँसिएको देखेर छेदिलाल हतारहतार भ्याटभ्याट गर्दै सारीमा लागेको पुवार झारिदिए । पानोको आँखाले भनिरहेको थियो, ‘अब हामी कहिले भेट्ने ?’  

पानोको आँखाको भाका बुझेर उनलाई झट्ट अँगालोमा बाँधेर अनुहारभरि चुम्दै छेदिलालले भने, ‘भोलि म आउँदिनँ । पर्सि भेट्छु ।’ छेदिलाल पानोको गाला सुमसुम्याउँदै जुनेली रातमा त्यहाँबाट बिदा भए । पानोको हात, खुट्टा चिलाइरहेको  थियो । उनको हातखुट्टा परालले पाछिसकेको थियो । उनले जिउ कन्याउँदै टालबारीबाट घर गइन् । त्यतिवेलासम्म उनकी सासूले बच्चीलाई थपथपाउँदै सुताइसकेकी थिइन् ।  

पानोलाई देखेपछि सासूले भनिन्, ‘कति ढिला फकेर्की दिसा गरेर ?’ सासूको कुरा सुनेर पानोले भनिन्, ‘पेट दुखिरहेको थियो ।’ पानोको कुरा सुनेर सासूले भनिन्, ‘पानी पिएर सुत् । ठिक हुन्छ ।’  

सासूको कुरा सुनेर बाकसमाथि लोहोटामा राखिएको पानी पानोले घटघटी पिइन् । चिसो पानी खाएर थोरै भए पनि पानोको जिउ शीतल भयो । उनी छटपटाइरहे पनि सासूलाई देखेर उनले आफूलाई नियन्त्रण गरिन् । उनको हातखुट्टा पुवारले पाछेर कन्याइरहेको थियो, तर उनले कन्याउन सकेकी थिइनन् । सारीको माथिबाट बिस्तारै हात, खुट्टा कन्याउँदै बच्चीको छेउमा सुतिन् । बच्ची जन्मेदेखि पानोकी सासू पानोकै कोठामा सुत्थिन् तर अर्को खाटमा । पानोले सासूतिर हेरिन् । सासू सुतिसकेकी थिइन् । पानोले बत्ती निभाइन् ।  

बच्चीको छेउमा सुतिन् । ब्लाउजको टाक खोलिन् । दूधको मुन्टो निकाल्दै बच्चीको मुखमा  हालिन् । बच्ची सुतिसकेकीले दूध चुसिनन् । उनले फेरि ब्लाउजको टाँक लगाइन् ।  उनको मुखको थुक सुकिसकेको थियो । अर्कोतिर सासूको पनि डर थियो ।  उनी कामातुर थिइन् । छेदिलाललाई सम्झेर उनलाई रिस उठ्यो, उनले मनमनै भनिन्, ‘नामर्द मोरो, आफू सन्तुष्ट भयो, पुग्यो । मेरो अवस्था एकपटक बुझेन डरछेरुवा ।’  

उनलाई बच्चीदेखि पनि रिस उठ्यो । उनले फेरि मनमनै थपिन्, यो केटी पनि अहिले नै रुनुपर्ने । छ्या ! आजको दिनै खराब । आज नभेटे नि हुने । व्यर्थमा भेटेर छटपटाहट मात्र भयो । उनले सोच्दै घरी यता पल्टिन्थिन, घरी उता पल्टिन्थिन् । उनी यताउता पल्टिँदा खाट कटकट बोलिरहेको थियो । उनी बच्चीतिर पिठ्युँ फर्काएर सुतिन् । तर निदाउन सकिनन् । फेरि बच्चीतिर फर्किन् । बच्ची मस्त निदाइरकेकी थिइन् । बच्ची नरोए पनि उनले दायाँ हातको बुढी र माइली औँलाले बच्चीलाई चिमोटिन् । बच्ची रोइनन् । सबै रिस बच्चीमाथि खन्याउँदै बच्चीलाई उनले यसपल्ट बेस्सरी चिमोटिन् । बच्ची रुन थालिन् । रोएको सुनेर सासूले निदाएकै स्वरमा भनिन्, ‘नानीलाई दूध खुवा । अघिदेखि रोइरहेकी छे ।’

पानोले यही नै खोजेकी थिइन् । उनी ब्लाउजको टाँक खोलिन् । बच्चीको मुखमा दूधको मुन्टो हालिन् । बच्ची दूध चुस्न थालिन् । पानोलाई अनौठो काउकुती लाग्यो । उनी छटपटाउन थालिन् तर सासू त्यही घरमा भएकीले उनले आफूलाई नियन्त्रण गरिन् । एउटा स्तन बच्चीले चुसिरहँदा ऊ आँखा बन्द गरेर छेदिलाललाई सम्झिरहिन् । तैपनि सन्तुष्टिको सास लिन सकिनन् । बच्चीले जति दूध चुस्दै थिइन्, त्यति नै मन्द–मन्द काउकुतीले बिथोलिएकी थिइन् पानो । दूध खाँदै गरेको स्तन बच्चीको मुखबाट झिकेर अर्को स्तन बच्चीको मुखमा  हालिन् । बच्चीको दूध चुसाइमा पानोले यौन सुखको सन्तुष्टि प्राप्त गरेको अनुभव गर्न थालिन् । उनले बिस्तारै आफ्नै पेट, छाती, गाला र निधार मुसार्दै एउटा विचित्र तृष्णा मेटाइरहिन् । दुवै स्तनको दूध बच्चीले चुसिसकेपछि पानोको जिउ सेलाउँदै गयो । उनको मनमा भएको  यौन तृष्णा कम हुँदै गयो । उनको जिउ लल्याकलुलुक भयो । उनलाई निद्राले छोप्यो । बच्चीसँगै उनी पनि निदाइन् ।  

पानोको लोग्ने बाहिर बस्थे । दुई वर्षअगाडि आएका थिए । त्यतिबेलै पानो गर्भवती भएकी थिइन् । उनकी छोरी अहिले एक वर्षकी पुगिन् । तीन वर्षपछि मात्र फर्किने गरी उनको लोग्ने फेरि बाहिर गएका थिए । छेदिलाल यादव र पानोको लोग्नेसँगै एकै कम्पनीमा काम गर्थे । छेदिलाल गाउँ फर्केका वेला उनकै हातबाट बच्ची र पानोका लागि लुगाफाटा पठाइदिएका थिए, पानोका लोग्नेले । छेदिलाल यादव अर्को गाउँका थिए । उनी बिहे गर्न घर आएका थिए । पहिलोपटक छेदिलाल पानोको घर जाँदा गोरी, अग्ली, बाटुलो अनुहार, लामो केशराशि, सुरमई लोचन भएकी पानो उनलाई सुभाषिणी र कामिनी लाग्यो । छेदिलाल सधैँ फोनमा कुरा गर्दै पानोसँग जिस्किरहन्थे । कुरा गर्दागर्दै पानो र छेदिलालको माया बस्यो ।  

त्यहाँदेखि उनीहरू लुकीलुकी भेट्न थाले । छेदिलाल मोटरसाइकलमा राति पानोलाई भेट्न आउँथे । उनी मोटरसाइकल गाउँ बाहिरको चिया पसलमा राख्थे । हिँड्दै पानोको टालबारीमा पुग्थे । पानोको घर गाउँमा सबैभन्दा वर भएकाले छेदिलाल गाउँ छिर्नुपर्दैनथ्यो । पुवारको टालबारी घरपछाडि पानोको बारीमा  थियो । पानोलाई फोन गरेर आफू बारीमा आएको जानकारी छेदिलालले दिन्थे । पानो दिसा गर्ने बहाना बनाएर छेदिलाललाई भेट्न टालबारी जान्थिन् ।  

उनी बिस्तारै पूर्ण रुपमा छेदिलाललाई मात्र सम्झिन थालिन् । खाँदा, उठ्दा, बस्दा पनि छेदिलाल उनको मनमा राज गरिसकेको थियो । उनको लोग्ने फोन गर्दा उनलाई कुरा गर्न मन लाग्दैनथ्यो । मानौँ उनी औपचारिकता  पूरा गर्न मात्र कुरा गर्थिन् ।  

एक, दुई दिन बिराएर पानो र छेदिलाल टौवाबारीमा भेट्थे । सधैँ भेट्न समय मिल्दैनथ्यो । पानो र छेदिलाल एकअर्काको प्रेममा यसरी गहिरिएका थिए कि एक दिन नभेट्दा उनीहरूलाई संसार नै अर्थहीन लाग्थ्यो । तीन महिनापछि मध्य रातमा उनी छेदिलालसँग भागिन् बच्चीलाई छाडेर  । बच्चीलाई छाडेर जाँदा उनलाई बच्चीको माया लागेन । उनी कस्ती स्वार्थी आमा थिइन् ? हो, उनलाई छेदिलालबाहेक कसैको माया लागेन । बच्चीभन्दा पनि उनलाई स्निग्ध लाग्यो छेदिलाल । उनी छेदिलालप्रति पूर्ण रूपमा समर्पित भइसकेकी थिइन् । उनलाई छेदिलालबाहेक यो संसारका कोही चाहिएको थिएन । उनी छेदिलालको प्रेममा अन्धी भइसकेकी थिइन् । छेदिलाल नै उनका लागि सर्वस्व थिए । एक वर्षकी बच्ची र छेदिलाललाई रोज्नुपर्दा उनी छेदिलाललाई रोज्न आतुर थिइन् । छेदिलालको प्रेममा उनी घर–परिवार, सामाजिक मर्यादा, बच्चा, स्वास्नीको जिम्मेवारी र कर्तव्य सबै बिर्सेकी थिइन् । सम्झेकी थिइन्, केवल छेदिलालको धड्कनभित्रको अनुरागपूर्ण प्रेम ।  

छेदिलाल पानोलाई लिएर मध्यरातमा आफ्नो घर गए । पानोको सिउँदोमा पहिलादेखि नै सिन्दुर थियो । सिन्दुर लगाएको देखेर अरुकी स्वास्नीलाई भगाएर ल्याएको कुरा उनका बाआमाले थाहा पाए । छेदिलालको परिवारले पानोलाई अपनाउन तयार भएनन् । कुमार केटोले बिहे भएकी स्वास्नी मान्छेलाई भगाएर ल्याउँदा छेदिलालले बिहेमा पाउने दाइजो गुमाएका थिए । छेदिलालकी आमा आगो भइन् र भनिन्, ‘घरबाट दुवैजना  निस्क । म यो घरमा बस्न दिन्नँ । मेरो घरमा अरुको स्वास्नीका लागि कुनै ठाउँ छैन ।’  

छेदिलाल आमाको कुरा सुनेर ‘मलाई यो घरमा बस्न नदिने भए म विष सेवन गरेर मर्छु ।’ भनेर धम्की दिए । छोरो गुमाउनुपर्ने डरले उनका बाआका केही बोलेनन् । तर पानोलाई बुहारीको रुपमा अपनाउन नसक्ने उनका बाआमाले अडान लिए । उनीहरूलाई घरबाट निस्क फेरि भन्न सकेनन् तर पानोलाई घरभित्र पनि पस्न दिएनन् । छेदिलाल गुहालीको दोमहलामा (काठ र बाँसले बनाइएको घरको पहिलो तला) जहाँ सुत्थे, त्यही पानोलाई राख्ने आदेश उनका बाआमाले छेदिलाललाई दिए । छेदिलालका बाआमाले पानो कुन गाउँकी ? कसकी स्वास्नी हो ? भनेर सोधे । तर, छेदिलालले बाआमाको कुनै प्रश्नको जवाफ दिएनन् । पानोलाई जहाँबाट भगाएर ल्याएको छस्, त्यही फेरि पु¥याई दे भनेर बाआमाले भने तर छेदिलाल मानेनन् ।

उनी पानोको हात समात्दै गुहालितिर गए । गुहालीमा तल भैँसी र गोरुहरू बाँधिएका थिए । माथि दोमहला थियो, त्यही दोमहलामा छेदिलाल सुत्थे । उनी गुहालितिर जाँदा उनकी आमा केही बोलिनन् । छेदिलाललाई विश्वास भयो, पानोलाई गुहालीमा राखे भने कोही केही बोल्ने छैनन् । पछि सबैको मन जिते भने पानोलाई भित्र्याउने छन् । पानोलाई भगाएर ल्याउँदा सबैजना रिसाउनु जायज थियो । सबैको मन जितेर बिहे गर्ने सोच छेदिलालले बनाए ।  

गुहाली हुँदै दोमहलामा जानुपथ्र्यो । दोमहलामा चढ्नका लागि बाँसको पैठी (भ¥याङ) लगाइएको थियो । पहिला छेदिलाल चढे  । छेदिलालको पछिपछि पानो पैठीमा चढिन् । पैठीमा टेक्दा पैठी करकर बोलिरहेको थियो । दुवैजना एकैपटक चढ्दा  पैठी भाँचिने पो हो कि भनेर पानो डराइन् । दुवै हातले पैठीको छेउ समात्दै चढ्न थालिन् । दोमहलामा छेदिलाल चढिसकेर पानोतिर आफ्नो हात लम्काए । छेदिलालले हात लम्काएको देखेर पानो ढुक्क भइन् । बायाँ हात छेदिलाललाई दिइन् । छेदिलालले पानोलाई ताने । दोमहलाको एउटा कुनामा चौकी थियो । चौकीमा भोटिया (लुगाको गुन्द्री) र भोटियामाथि पुरानो तन्ना ओछ्याइएको थियो । चौकीमा झुल तानिएको थियो । धुलो धुवाँले झुल पुरानो भइसकेको थियो । एउटा तकिया ओछ्यानमा राखिएको थियो ।  

झुलमाथि उठाउँदै छेदिलाल र पानो चौकीमा बसे । चौकीमुनि लसुन, प्याज र आलु राखिएको थियो । छेदिलालको परिवारले पानोलाई नस्विकारेकाले डरले पानोको ओठ मुख सुकिसकेको थियो । पानो जिब्रोले ओठ चाटिन् । मुखमा थुक थिएन । उनले सानो स्वरमा छेदिलाललाई भनिन्, ‘तिर्खा लागेको छ पानी पिउँछु ।’ उनको कुरा सुनेर छेदिलाल चौकीबाट उठे । उनले खाटमुनि हेरे । त्यहाँ एउटा कमन्डुल थियो । त्यसमा हिजो रातिकै पानी थियो । उनले कमन्डुल चौकी मुनिबाट झिके । पैठीमा टेक्दै तल ओर्लिए । तल ओर्लिने वेलामा पैठी हल्लिँदै कुइकुइ बोलिरहेको थियो । दोहमलाबाट झरेर उनी पम्प गए । तीन–चारपटक पम्प पेल्दै पानी हाल्दै फाल्दै कमन्डुल धोए । कमन्डुलभरि पानी भरेर ल्याए । पानो चौकीमा बसिरहेकी थिइन् । छेदिलाल पानोको हातमा कमन्डुल थमाए । पानो कमन्डुलको डन्डी समातेर पानी खान थालिन् । उनले पानी खाँदा घटघट बोलिरहेको थियो । उनले पानी खाएर कमन्डुल चौकीमुनि राखिन् । छेदिलाल चौकीमा पल्टे । पानो छेदिलालको छेउमा भित्तापट्टि पल्टिन् । छेदिलाल पानोलाई आफ्नोतिर फर्काए । पानो छेदिलालतिर फर्किन् ।

प्रकाशित: ३१ जेष्ठ २०७७ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App