१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बालेन ‘क्याविनेट’: कति समावेशी, को कहाँका मन्त्री

राष्ट्रिय स्ततन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेत‌ृत्वमा नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्रीसहित सबै मन्त्रीले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । अब कार्यभार सम्हाल्ने गृहकार्य भइरहेको छ ।  

शाहले १५ सदस्यीय मन्त्रिपरिषद बनाए । यो सरकारमा पाँच महिला मन्त्री छन् भने १० जना पुरुष छन् । मन्त्री बनेकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका छन् । शिशिर खनाल, विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, विक्रम तिमल्सिना र सोविता गौतमसहित पाँच जनाले बागमती प्रदेशबाट सरकारमा सहभागिता जनाएका छन् ।  

खनाल परराष्ट्रमन्त्री हुन् । उनी काठमाडौं–६का निर्वाचित प्रतिनिधि हुन् । विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय सम्हालेका छन् । उनी काठमाडौं–८ का प्रतिनिधि हुन् । सम्मित पोखरेलले शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी काठमाडौं-५ बाट विजयी हुन् । विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी नुवाकोट १ का प्रतिनिधि हुन भने सोविता गौतमले कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी पाएकी छन् । उनी चितवन–३ बाट निर्वाचित सांसद हुन् ।  गण्डकी प्रदेशबाट तीन जना मन्त्री भएका छन् । स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । उनी तनहुँ-१ निर्वाचित सांसद हुन् । गृहममन्त्री बनेका सुदन गुरुङ गोरखा-१ का हुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका गनेस पौडेल कास्की १ का हुन् ।  

लुम्बिनी प्रदेशबाट सुनिल लम्साल भौतिक पूर्वाधार र सहरी विकास मन्त्री बनेका छन् । उनी रुपन्देही–१ बाट निर्वाचित सांसद हुन् ।  

अनि कर्णाली प्रदेशबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।  

सुदूरपश्चिम प्रदेशबाट २ मन्त्री बनेका छन् । गीता चौधरी र प्रतिभा रावल सुदूरपश्चिमका हुन् । दुवै कञ्चनपुरका र समानुपातिक प्रणालीतर्फका सांसद हुन् । चौधरीले कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्‍त्रालयको जिम्मेवारी पाएकी छन् भने रावलले भूमि व्यवस्था तथा सहकारी निवारण र वन तथा वातावरण मन्त्री बनेकी छन् ।  

कोशी प्रदेशको नेतृत्व सुनसरीकी निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री बनेर गरेकी छन् । मधेस प्रदेशका दिपकुमार शाह श्रम तथा रोजगार मन्त्री बनेका छन् । उनी महोत्तरी–२ बाट निर्वाचित सांसद हुन् । 

प्रकाशित: १३ चैत्र २०८२ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App