१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

सम्पन्न भयाे विराट साहित्य संगमकाे २३०औं साहित्यिक शृङ्खला

विराट साहित्य संगमले प्रत्येक महिनाको अन्तिम शनिबार गर्ने गरेको साहित्यिक शृङ्खलाकाे २३० औं कार्यक्रम गरेकाे छ।

संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बलराम पोखरेल, विशिष्ट अतिथि प्राडा मीनराज ढकाल, डा देवी पन्थी, दिनेश सुवेदी दिङलाली कान्छो र खेम नेपाली रहेका थिए।

संस्थाका सचिव गोपाल निर्भीक सञ्चालन गरेको उक्त कार्यक्रममा प्रायग न्यौपाने, कविता केशरी, हरिप्रसाद बराल, उमेश लुइँटेल, भवानीप्रसाद पोखरेल, भीम कोइराला, वासुदेव नेपाल, शारदा कार्की, शारदा भट्टराई, प्रज्ञा कट्टेल, नानुमैया दाहाल, हरि कट्टेल, शम्भुप्रसाद भट्टराई, कविता चापागाईं, एकनाथ ढकाल, प्रिन्स प्रमोद ढकाल, बाबुराम पोखरेल, चुडामणि नेपाल अकिञ्चन, संजय कर्ण, डोमी कामत, चन्द्रकान्त भट्टराई, शिवनारायण सिंघल लगायतले रचना वाचेका थिए।

राष्ट्रसेवक सहकारी भवनमा भएको कार्यक्रममा नगेन्द्रमणि न्यौपाने र विन्ध्या न्यौपानेले राखेको सहभागी प्रोत्सान पुरस्कार कवि वासुदेव नेपाललाई अर्पिएको थियो। उक्त कार्यक्रममा प्राडा मीनराज ढकाल र डोमी कामतलाई विराट साहित्य संगमको आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित: २७ आश्विन २०८२ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App