२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अनलाईन साहित्य सम्मेलनमा ‘आमा’

काठमाडौं–आमाको मुख हेर्ने दिनका अबसरमा नेपाल स्रष्टा समाजको आयोजनामा बिहीबार ‘हे आमा’ शिर्षक अनलाईन काव्य सम्मेलन भएको छ । भिडियो कन्फरेन्स मार्फत आयोजना गरिएको सम्मेलनमा कविता, गीत, गजल आदि वाचन गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए ।  

दुई चरणमा वाचन गराइएको सम्मेलनको पहिलो चरणमा ‘आमा’ माथि केन्द्रीत रचना सुनाइएको थियो भने दोस्रो चरणमा विभिन्न विषयका रचना वाचन गरिएको थियो । सम्मेलनमा काठमाडौबाट रमेश खकुरेल, पवन आलोक, राजेन्द्र शलभ, प्रकाश घायल, विनोद नेपाल, दीपक लोहनी, रीता खत्री, सुशीला खड्का ‘हसिना’, सीता तिवारी, शारदा चौलागाई र सुमन संगम सहभागी थिए । 

त्यसैगरी पोखराबाट लोकसाहित्यका अध्येता कुसुमाकर न्यौपाने र दुर्गा वनवासी थिए । न्यौपानेले लोकसंस्कृति, उखान र जनजीवनमा आमाबारे भएका प्रचलित केही आहानबारे जानकारी गराउँदै कठैगीत गाएर सुनाएका थिए । उनले सम्मेलनमा वाचित रचनाको समीक्षा गर्दै भने, ‘लय, विम्ब, प्रतीक र लोकतत्वको समुचित प्रयोग भएका रचना उत्कृष्ट लाग्यो ।’ 

कवि खकुरेललाई कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो । समाजका अध्यक्ष आचार्यले ३० जना स्रष्टालाई निम्तो दिइएकोमा विभिन्न कारणले सबैजना सहभागी हुन नसकेको बताए । ‘लकडाउन लम्बिँदै गएमा हामी फेरी यस्ता कार्यक्रम गरिरहनेछौं’, उनले भने ।

 

प्रकाशित: १२ वैशाख २०७७ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App