२ पुस २०८२ बुधबार
image/svg+xml
कला

‘साहो’को आक्रामक व्यापार, प्रभासको पारिश्रमिक कति?

मुम्बई– शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘साहो’ले आक्रामक कारोबारलाई निरन्तरता दिएको छ। हिन्दी भर्जनमा शुक्रबार २४.४० करोड कमाएको फिल्मले शनिबार २५.२० करोडको कमाई गरेको छ। तीन दिनमा ७० करोडको आँकडा पार गर्ने फिल्म विश्लेषक तरुण आदर्शले जनाएका छन्। उनका अनुसार दुइ दिनको कमाई करिब ५० करोड पुगेको छ। 

अर्काेतर्फ फिल्मले हिन्दीसहित देशभित्र विभिन्न भाषामा शुक्रबार ६८ करोड र पहिलो दिनको विश्वभरको कुल कमाई १ सय करोड रहेको छ। फिल्मको कथाबारे नकारात्मक समीक्षा भए पनि आक्रामक व्यापार जारी छ। 

प्रभासको पारिश्रमिक कति? 

भारतीय मिडियाका अनुसार यो फिल्मका लागि प्रभासले सय करोड पारिश्रमिक लिएका छन्। यो बलिउडमै सबैभन्दा महंगो पारिश्रमिक हो। यससँगै रजनीकान्त, शाहरुख र सलमानलाई उछिन्दै प्रभास सबैभन्दा महंगा कलाकार बनेका छन्। प्रभासले सुपरहिट फिल्म बाहुबलीपछि साहोमा महंगो पारिश्रमिकमा अभिनय गरेका हुन्। 

फिल्मकी मुख्य अभिनेत्री श्रद्धा कपुरले भने ७ करोड पारिश्रमिक लिएकी छिन्। यससँगै बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा श्रद्धाले स्थान बनाएकी छिन्। फिल्ममा श्रद्धा प्रहरी अधिकृत अमृता नायरको भूमिकामा छिन्। प्रभास र श्रद्धासँगै फिल्ममा मन्दिरा बेदी, नील नीतिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डेको अभियनय रहेको छ। 

प्रकाशित: १५ भाद्र २०७६ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App