काठमाडौं – कथाकार लोकमणि पौडेलद्वारा लिखित ‘अग्निदहन’ नामक उपन्यास विमोचन भएको छ । शनिबारका राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित नेपाल साहित्यका स्रष्टाहरूले ‘अग्निदहन’ नामक पुस्तकको विमोचन गरेका थिए । पूर्व समाजकल्याण मन्त्री जाकिर हुसेनले लेखकको लेखनशैलीबाट प्रभावित भएको बताउँदै यो उपन्यास नेपाली साहित्यका क्षेत्रमा कोशे ढुंगो सावित हुने दावी गरेका थियो।
लेखक लोकमणि पौडेलले यो उपन्यास समाजमा घटेका घटनाहरुको नजिकबाट अध्ययन गरेर मात्रै लेखेको बताएका थिए । ‘उपन्यासमा वर्णन गरिएका घटनाहरु सत्य भएकाले पात्रहरुको नामलाई परिवर्तन गरेर पुस्तकमा समावेश गरिएको छ । विस. २०६७ सालदेखि २०७२ सम्मका घटनाहरु समावेश भएकाले यो उपन्यास सिध्याउन पाँच वर्ष लागेको थियो ,’ उनले भने । गोरखा पब्लिकेशन्सले बजारमा ल्याएको १७६ पृष्ठको पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।
प्रकाशित: २३ असार २०७६ ०१:५७ सोमबार





