११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

‘डियर लभ’ ट्रेलर

काठमाडौं – नेपालमा पछिल्लो समय वेभ सिरिज निर्माणको प्रचलन बढ्दो छ। दशक अगाडि सिरियल टेलिभिजनको लागि मात्र निर्माण गर्ने गरिन्थ्यो। तर पछिल्लो समय भने आफुले भन्न खोजेको कथालाई वेभमै रिलिज गर्न सकिन्छ।

यसै क्रममा आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेभ सिरिज ‘डियर लभ’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा आयोजित कार्यक्रममा निर्माता तथा कलाकार रमेश उप्रेतीले पहिलेको जस्तो कुनैपनि कलाकारले आफ्नो प्रतिभा देखाउन ठुलो पर्दाको सिनेमा अथवा टेलिभिजन सिरियलका अडिसन दिन नपर्ने भन्दै ‘डियर लभ’का कलाकार तथा निर्माण टिमलाई सफलताको शुभकामना दिए।

रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण भएको सिरिज रुबुशा च्यानलमार्फत प्रसारण हुनेछ। रविन बोगटीको पटकथा तथा संवाद लेखन रहेको सिरिजले युवापुस्ताको माया, प्रेमप्रतिको महत्वलाई दर्शाइएको छ। विवेक रसाइलीको लेखन तथा निर्देशन रहेको सिरिजमा दिप्सन भट्टराई, करिना कक्षपति, रविन बोगटी, रश्मी भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापा, इशिका लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ।

‘हामी सबै युवा हौं। त्यसैले पनि यो सिरिज खिच्न सहज थिएन’ निर्माता रुकमान लिम्बुले भने ‘हामीले कथाको भाव अनुसार प्रस्तुतीकरणमा कुनै पनि कन्जुस्याइँ गरेका छैनौं।’ ‘डियर लभ’मा रूपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ।

प्रकाशित: ३ वैशाख २०७६ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App