१५ असार २०८१ शनिबार
image/svg+xml
कला

अर्जुनाको ‘सम्झनामा आइरहन्छौ’

खोटाङ - खोटाङकी गायिका अर्जुना राईले पूर्वेली लोकभाकाको म्यूजिक भिडियो बजारमा ल्याएकी छन् । सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत अर्जुनाको ‘सम्झनामा आईरन्छौ’ बोलको लोकभाकाको भिडियो बजारमा आएको हो । २०७४ सालमा ‘तिम्रो मायाले मलाई के गरायो’ बोलको गीति भिडियो बजारमा ल्याइसकेकी उनले झण्डै वर्ष दिनपछि दोस्रो लोकभाकाको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन्। 

गीतमा अर्जुनालाई गायक शुभम राईले साथ दिएका छन् । इन्द्र जिजिविशाको शब्द तथा संगीतकार–गायक सुमन राईको लय संकलन र कम्पोजमा तयार भएको गीतको भिडियोमा सोनिया राई र स्यवं गायक शुभमको अभिनय छ । पूर्वी नेपालको गाउँघरमा घाँसदाउरा गर्दा लगाइने माया पिरतीको वर्णन गरिएको लोक भाकाको म्युजिक भिडियो खिचडी नेपालको प्रस्तुतिमा हाम्रो प्रतिभा प्रोडक्सनले बजारमा ल्याएको हो । 

गायिका राईले लोकलयमा आधारित गीत भए पनि डान्सिङ बिटमा तयार भएकोले स्रोतालाई नचाउने बताइन् । गीतमा राजु कार्कीको एरेन्ज र गोविन्द सोनीको मिक्सिङ छ । म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन विनोद विनिर्जरा राईले गरेका हुन्। 

हङकङ बसाई छाडेर स्वदेश फर्किएकी अर्जुनाको यो चौथो गीत हो । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी अर्जुनाको पाँचौं गीत पनि रेकर्ड भइसकेको छ । सानै उमेरदेखि गीत गाउन रुची राख्ने अर्जुनाले कलेजको कुनै पनि सांगीतिक कार्यक्रम छुटाइनन् । ‘खोजी प्रतिभा’ र ‘खोटाङ तारा’मा विभिन्न चरणको अनुभव संगालेकी अर्जुनाले विभिन्न स्टेज कार्यक्रममा पनि आफ्नो प्रस्तुति दिइसकेकी छन्। 

 

प्रकाशित: ७ माघ २०७५ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App