२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

बिसीको ‘युरोप डायरी’

काठमाडौँ – गायक तथा साहित्यकार नरबहादुर बि.सीद्वारा लेखिएको ‘युरोप डायरी’ नियात्रा सङ्ग्रह काठमाडौँमा बिमोचन गरियो। पुस्तकको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रिय सभाका सदस्य साहित्यकार दिननाथ शर्मा, साहित्यकार तथा समालोचक हरिहर खनाल, पुष्पराज पौडेल, हिमाल शर्मा लगायतले लोकार्पण गरेका थिए।

पुस्तकमाथि समालोचना गर्दै समालोचक हरिहर खनालले ‘युरोप डायरी’ पढ्दै जाँदा आफै युरोप घुमिरहेको अनुभूति हुने र युरोप यात्राको चाहना राख्ने र नियात्रालाई माया गर्ने सबैलाई यो पुस्तक अत्यन्त उपयोगी हुने बताए। प्रमुख अतिथि मन्त्री थापाले आफूले किताब पढेको र किताब पढ्दा आफू पनि युरोपमा नै भएको जस्तो लागेको बताए । ‘युरोप यात्रा’लाई ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गरेको छ।

प्रकाशित: २६ कार्तिक २०७५ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App