५ वैशाख २०८१ बुधबार
कला

आकाशको ‘ड्रिम गर्ल’ आश्मा

काठमाडौं – आगामी असोज १९ बाट मंसिर ७ मा रिलिज पुगेको फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो। 

सार्वजनिक ट्रेलरमा नायक आकाश श्रेष्ठ, नायिका आस्मा गिरी, कलाकार विल्सनविक्रम राईलगायत अटाएका छन् । ट्रेलरमा प्रेम, द्वन्द्व, रोमान्स, विछोड देखाइएको छ। 

फिल्मका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्मले प्रेमकथा प्रस्तुत गर्ने बताए । ‘फिल्मले एक युवतीका लागि दुई युवकबीचको द्वन्द्वलाई देखाएको छ,’उनले भने,‘हामीले असोजमै फिल्म रिलिजको योजना बनाएका थियौं । तर केही प्राविधिक कठिनाइले फिल्मको काम पूरा नभएपछि मंसिरमा सारेका हौं।’ 

फिल्ममा सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितको पनि अभिनय छ । आरबी मुभिजको ब्यानरमा बनेको फिल्ममा ऋषिराजसँगै अर्जुन शर्मा र रामेश्वर धितालको पनि लगानी छ  । फिल्मको सह–निर्मातामा दक्षिण भारतको रिल एन्ड रियल सिनेमा कम्पनी छ । फिल्ममा  राहुल राईको छायांकन, अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द्व छ। 

योसँगै कार्यक्रममा नयाँ दुई फिल्म ‘चुरीफुरी’ र ‘द्रौपदी’ निर्माणको पनि घोषणा गरिएको छ । निर्देशक आचार्यका अनुसार स्क्रिप्टको काम सकिएपछि फिल्मका कलाकार छानिनेछन् । यी दुई फिल्म ‘ड्रिम गर्ल’ रिलिजपछि मात्र फ्लोरमा जानेछन्।

 

प्रकाशित: १७ आश्विन २०७५ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App