९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

आहा हिमाल विमोचित

काठमाडौं– लेखक उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को आज विमोचन सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका लाक्पा फुटी शेर्पा, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, कृतिकार उत्तम भट्टराई तथा रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धव भट्टराईले उक्त कृति संयुक्त रुपमा विमोचन गरेका थिए। 

कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले नेपालका हिमाल र हिमाली संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण व्यक्त गरे।

  कृतिका लेखक उत्तम भट्टराईले आफूले नेपालका विभिन्न हिमाली क्षेत्राम घुम्दाका अनेकौं अनुभूति मार्फत् नेपाली समाज र पर्यटकीय संसारलाई उतार्ने प्रयास गरेको विचार राखेका थिए। 

 

प्रकाशित: ११ आश्विन २०७५ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App