मुम्बई– बलिउड अभिनेता सलमान खान सामाजिक सञ्जालमा ट्वीटरमा हाँसोको पात्र बनेका छन्।
सलमानले मंगलबार राति ९ बजे ट्वीटरमा भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीलाई श्रद्धाञ्जली दिएका थिए। ९३ वर्षीय अटलको १६ अगस्टमा मृत्यु भएको थियो। सलमानले ५ दिनपछि २१ अगस्टमा ट्वीटरमार्फत श्रद्धाञ्जली दिएपछि ‘यति दिन कुन दुनियाँमा थियौं’ भन्ने प्रश्नसहित आलोचकले उनलाई हाँसोको पात्र बनाएका हुन्।
सलमानले ट्वीटरमा लेखेका थिए, ‘अटलजी जस्ता एक महान नेता, महान राजनेता, वक्ता र एक असाधारण मानिसलाई गुमाउँदा वास्तवमै निकै दुःखी छौं।’ यो ट्वीटपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सलमानलाई ट्रोल नै बनाए।
ट्वीटरमै राजेश साह लेख्छन, ‘भाई (सलमान)लाई कसैले केरलाको न्यूज बताइदेउ, कतै फेरि ढिला नहोस।’ यद्यपी सलमानले राति १२ बजे ट्वीट गर्दै केरलाको बाढीप्रति दुःख व्यक्त गर्न भ्याए।
केरलाको बाढीप्रति दुःख व्यक्त गरेपनि अटलबारे दिएको ट्वीटको अलोचना भने रोकिएको छैन्। अर्का प्रयोगकर्ताले ट्वीटरमा सोधेका छन्, ‘अटलजीको मृत्यु १६ अगस्टमा भएको थियो। आज २२ अगस्ट भयो। यिनलाई ११ घण्टा पहिला याद आयो कि अटल जी रहेनन्, किन भाई ? कुन ग्रहमा थियौं यति दिनसम्म?’ अर्की प्रयोगकर्ता रिचा सिंहले लेखेकी छिन्, ‘टाइगर सुतिरहेको थियो।’
प्रकाशित: ६ भाद्र २०७५ १२:३४ बुधबार





